राष्ट्रपति भएकी छोरी विद्या भण्डारीलाई जन्मभूमिबाट चिठी

  प्रमिला सुवेदी

प्यारी छोरी, बिद्या
शुभप्यार,

छोरी, सुन्दैछु तिमी महान कार्य गर्दैछ्यौ रे । आफ्ना सन्तानको रहर पुरा हुन लाग्दा कुनचाहिं आमा खुसी हुन्न होली र ? तिमी हिजो देशको राष्ट्रपति जस्तो उच्च पदमा पुग्दा मेरो खुसीको सिमा रहेन । म गदगद् भएँ । अरुको अगाडि छाती फुकाएर हिंडे । मेरी छोरी राष्ट्रपति भई भनेर कतिको अगाडि सान दिएँ ।तिमी यस धर्तीमा आएपछि, तिमीले म माथि घुँडा धसेर बामे सर्दैगर्दा खेरि दुखेको मेरो छाति अलि बिसेक भएको थियो ।


जब तिमीले आफ्नो पद र प्रतिष्ठालाई ग्रहण गरेऊ नि ! हो त्यतिबेला मलाइ सम्झियौ तिमीले म असाध्यै हर्षित भएँ । मनमनै प्रण गरें । सन्तान हुन् त मेरी ३बिद्या जस्ता । तिमीले मलाइ भेट्न आउदा मेरा लागि कत्ति कोसेली लिएर आउछ्यौ भनेर कत्रो आश थियो । आश पनि किन नलागोस् त नानी, मेरो सन्तान तिमी देशकै अग्रज तिमी अनि म तिम्री आमा बुढेसकाल लागेर करङ बिझाउन थालेको छ । बर्षौ पछि छोरी माइत आउदा के के न ल्याइदिन्छे भनेर मख्ख थिएँ । तिमी रित्तै आएऊ ।

तिम्रा दाजुहरुले आमा बहिनीलाई बाटो खन्न लाइदिनु न भने। भाइहरुले रोजगारी छैन दिदी काम गर्न नपाउदा छोराछोरी भोकै छन् भन्दा तिमी चुपचाप बसेऊ । यहाँ आएर तिमीले देखेकै थियौ । अस्पतालमा राम्रो उपचार नहुँदा तिम्री कान्छी बुहारी प्रसुति गराउन मधेस लादालादै बाटैमा मरेकी थिई। तिम्रा भदाहा भदैनी टहरामा बसेर पढ्थे। दुइदिन हिडे सदरमुकाम आइपुग्नुपर्ने बाध्यता छ तिम्रा भाइ बहिनीलाई पुछारघरे काका त झन् ३ दिन लागो भन्छन् ।


छोरी तिम्रो भाइ शेरधन पनि मुख्यमन्त्रि भाुको छु रे ? अस्तिनै झुलुक्क मुख देखाकोथ्यो । के ल्याइदिस् बाबु, भनेको कति लेइदिसकें अझै पनि ल्याइदिन्छु । गनगन नगर भनेर गाुको नाकमुखै देखान । हेर नानी गर्न सक्ने तिमेहरू दुइटा छोरा छोरी छौ र पनि छीमेकीका अगाडी च्यातिएको फरिया अनि भाच्चिएको लौरो देखाउनु परेकोछ लाज तिमिहरुलाईनै हुन्छ ।

पत्रमा धेरै के लेख्नु छोरी मेरो भन्नु यत्ति हो ।तिमीले १८ करोडको गाडीमा चड्दा यो तिम्रो जन्मभूमि ३ भोजपुरको अवस्था पनि हेर्नु है ।
उहि बत्तिमुनिको अध्यारो
तिम्रो जन्मभूमि
भोजपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार