तस्बिरबाट महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने दाबी गरिएको एउटा एपलाई त्यसका निर्माताहरूले बन्द गरेका छन्।
पचास अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको वेबसाइटमा लेख छापिएपछि यसको आलोचना भएको थियो।
रिभेन्ज पोर्न अर्थात् प्रतिशोधको भावनाले अन्य व्यक्तिको नग्न तस्बिर वा भिडिओ वेबसाइटमा राख्ने कार्यविरुद्ध अभियान चलाएकाहरूले सो एपलाई ‘खतरनाक’ भनेका थिए।
निर्माताहरूले विन्डोज र लाइनक्समा चल्ने एपका लागि संसार तयार नभएको भन्दै वेबसाइटबाट यसलाई निकालेका छन्।
एक जना निर्माताले ट्विटरमा लेखेका छन्, “यसको दुरुपयोगको सम्भावना धेरै बढी छ। हामी यसरी पैसा कमाउन चाहदैनौँ।”