काठमाडौं । ओली सरकारको निर्णय विरुद्ध साउन २ र १० गते फेरी हुने भएको छ । लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै ‘आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले७३डद्दज्ञठस नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
साउन २ र १० गते नेपाल बन्द आह्वान गर्दै उक्त समूहले चरणवद्ध संघर्षका कार्यक्रम समेत घोषणा गर्दै मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द गर्ने भएको छ । संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको भन्दै महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’लगाएतका नारासाथ आदिवासी–मुलबासी–जनजातिहरुले विरोध प्रर्दशनमा नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको जानकारी गराउदै आदिवासीरमुलबासीरजनजातिहरुले “लोकसेवाविरुद्ध आदिवासी जनजातिको पहिलो दिन “विशाल जनप्रदर्शन प्रदर्शन” सु–सम्पन्न हुने नेपाल मगर संघ प्रदेस प्र.नं.३ नेवास् ताम्सालिङ्ग मगरातको मुख्य सचिव सबिन पुलामी मगर ‘साकार’ले जानकारी दिए ।
महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।
यस्ता छन आन्दोलनका कार्यक्रमहरु
२०७६ असार २८ गते( प्रचार(प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।
२०७६ असार २९ गते( साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३० गते( साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।
२०७६ असार ३१ गते( उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।
२०७६ साउन २ र १० गते( नेपाल बन्द ।