“प्रिय् झरी”

  भिमसेन थापा मगर

प्रिय झरी
बस्ती खोला पसेपछी
बिकास ढलमा अड्किएपछि 
सन्धी सम्झौता दस गज्जामा टुङिएपछी
रितु
तिम्रो बर्षा जवानी
बैमानी भा छ 😃

तिम्रो चन्चलता सङ्ग लुकामरी खेल्दै
एक मेलो मेलोमा
मानो रोपेर मुरि फलाउने,
तारे मालेको पुछर निमोठेर
हरियो डाँडा माथी…
हो हो हो होरियो …
गाउदै
एक मुठी आस गैरिखेतमा रोपेर
त्यो सन्ध्याको मिठास सङितमा
तिमिलाइ जिस्काउदै
एक बटुको बैमानी जाड पिएर
इमानी निन्द्रा निदाउन चाहान्थे
तर अप्सोच ,,,

तर अप्सोच
सडक बिस्तार खोला पसेपछी
घडेरी खोला पसेपछी
स्मार्ट सिटि खोला पसेपछी
बिकास खोला पसेपछी
तिमि बस्ती पसेको छौ
तेसैले त म तिमिलाइ बेइमानी भन्छु 😃

नदि , खोला , समुन्द्र किनारमा हुर्किएर
गाउ सहर पस्ने सन्स्कृती र सभ्यता
गाउ सहरमा हुर्किएर
खोला नदि पस्न थालेपछी
म तिमिलाइ सन्सारकै बेइमान भन्दैछु

प्रिय झरी
तिमि झरिदिए म तिमिलाइ बेइमान भनिदिन्छु
तिमि नझरिदिए म तिमिलाइ बेइमान भनिदिन्छु

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार