यसरी टुंग्यायो नेकपाले ७७ जिल्लाको इञ्चार्ज र सह–इञ्चार्ज (सूचीसहित)

  सिलिचुङ समाचारदाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जको टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । ‘७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यता प्राप्त ६ महानगरका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लागेको छ,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठेले भने ।

श्रेष्ठका अनुसार पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् । पूर्व एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा पूर्व माओवादीको सहइञ्चार्ज र पूर्व माओवादीको इञ्चार्ज भएको जिल्लामा पूर्व एमालेको सहइञ्चार्ज रहनेछन् । विभागहरुको टुंगो र प्रवास संगठनको एकतालाई अन्तिम रूप दिन मंगलबार बस्ने सचिवालय बैठकले लगाउने बताए ।

हेर्नुस् नामावलीः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार