बेलायतमा नेपाली सांगीतिक साँझ

लण्डन । बेलायतमा नेपाली गीत संगीतलाई प्रर्वद्धन गर्ने उद्देश्यसहित नेपाली सांगीतिक साँझ हुने भएको छ । क्लासिक म्युजिकल नाइट गु्रपले बेलायतको मुख्य शहरहरुमा सांगीतिक साँझ गर्ने भएको छ ।
गु्रपले बेलायतको लण्डन, आस्फोर्ड र सुइनडनमा भब्य लाइभ सो सांगीतिक साँझ गर्ने भएको हो । लाइभ सो मा पुराना चर्चित क्लासिक गीतहरुको प्रस्तुती रहने छ । सांगीतिक साँझमा क्लासिक म्युजिकल नाइट गु्रपका गायक गंगराज राईको एकल गायन रहने छ भने उनलाई बाद्यवादनमा विसी राई, थीर थापा, महेश गुरुङ, दीपक चाम्लिङ र विकल थापाले साथ दिने छन । ३ घण्टा चल्ने सांगीतिक साँझमा पुराना चर्चित गीत संगै गायक गंगराज राईले आफनै गीत समेत गाउने छन । क्लासिक म्युजिकल नाइट गु्रपको मुख्य आयोजना रहेको साँगीतिक साँझमा अन्य संघसंस्थाहरुको समेत सहआयोजना रहेको छ । लण्डनमा भने किरात राई यायोक्खा मुख्य आयोजक रहेको गायक गंगराज राईले बताए ।

नेपाली गीत संगीतलाई विदेशमा प्रर्बद्धन र विकास गर्ने उद्देश्यका साथ क्लासिक नाइट गु्रपले प्रत्येक बर्ष सांगीतिक साँझ गर्ने तयारी गरेको छ । बेलायतमा पछिल्लो समय नेपाली समुदायहरुको सघन बसोबास बृद्धि भएपछि गीत संगीतको माध्यमबाट नेपालीपनालाई बचाइराख्न अभियान थालिएको गायक राईको भनाई छ । सांगीतक साँझ २२ सेप्टेम्बरमा आस्फोर्ड, २८ सेप्टेम्बरमा लण्डन र ६ अक्टोबरमा सइनडनमा हुने आयोजकले जनाएको छ ।
‘करिव २ लाख नेपाली समुदायहरुको बसोबास रहेको बेलायतमा पछिल्लो समय नेपालीहरुको जनसंख्या बृद्धि बढदै गएको छ । बढदो नेपालीहरुको संख्या बृद्धिसंगै नेपाली भाषा,संस्कार संस्कृतिलाई टेवा पु¥याउनु हाम्रो अभियान रहेको छ’ गायक गंगराज राईले भने ‘गीत संगीतले नेपाली संस्कार सँस्कृति विकासमा जागरण ल्याउने र नेपाली पहिचान बचाइराख्न सहज हुने हाम्रो विश्वास छ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार