अव प्रतिएमबी ३ पैसामा नेपाल टेलिकमको इन्टरनेट सेवा

काठमाण्डौ । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना ल्याएको छ ।

यो सुविधा लिनका लागि 1D1G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने कम्पनीले जनाएको छ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४=५० पैसा लाग्दछ ।

यसैगरी कम्पनीले सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ । यो सेवा सुरु गर्न 7D7G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३।५ पैसा मात्र लाग्दछ ।

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति द्दडम्द्दडन् लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यो सेवा दैनिक १ जीबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।

नेपाल टेलिकमको वेबसाइट मार्फत यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप Nepal Telecom बाट पनि यससम्बन्धी जानकारी प्राप्त गर्न र प्याकेज खरिद गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार