भोजपुर । भोजपुर नगरपालिका ११, आम्तेकस्थित आफ्नै छोराले प्रहार गरेको खुकुरीबाट बावु गम्भिर घाइते भएका छन् । स्थानिय २५ वर्षीय शिवहाङ राईले घरायसी विवादमा बावु ५५ वर्षीय ‘रामकुमार’ भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिबार साँझ करिब ५ बजेतिर बावुछोराविच विवाद चर्किएपछि शिवहाङले बावुलाई खुकरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट चन्द्रबहादुरको गर्धनमा अढाइ ईन्च गहिरो चोट लागेको ईन्सपेक्टर पाण्डवराज राजवंशीले बताए ।
गम्भिर घाइते चन्द्रबहादुरको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।
घटना लगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले खोजतलासका क्रममा आइतबार विहान साढे १० बजेतिर भोजपुर नगरपालिका १०, भैसीपंखाको असिनेबाट पक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।