एप्पलले सार्वजनिक नयाँ तीन वटा आइफोन ११, यस्तो छ सुरुवाती मूल्य

काठमाडौं । चर्चित टेक्नोलोजी कम्पनी एप्पलले मंगलबारराति भव्य कार्यक्रमको आयोजना गरी आइफोन ११ सार्वजनिक गरेको छ । कम्पनीले आइफोन ११ सिरिजहरु आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सलाई सार्वजनिक गरेको हो । लञ्चिङ इभेन्ट क्यालिफोर्नियाको क्युपर्टिनोस्थित स्टिभजब्स थिएटरमा आयोजना गरिएको थियो ।

आइफोन ११ को सुरुवाति मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ । यसको इन्टरनल स्टोरेज ६४ जीवी छ । यसका साथै आइफोन ११ का अन्य दुई वेरियन्टहरु १२८ जीवी र २५६ जीवीको इन्टरनल स्टोरेजसहित बजारमा आउनेछ । आइफोन ११ पनि ६ वटा कलर अप्सनहरु पर्पल, ह्वाइट, ग्रीन, यल्लो, ब्ल्याक र रेडमा उपलब्ध हुनेछ ।

यी नयाँ सिरिजका आइफोनहरुको प्रि–अर्डर ३० देशहरुमा १३ सेप्टेम्बरबाट सुरु हुनेछ । फोनको विक्री भने २० सेप्टेम्बरबाट सुरु गरिने बताइएको छ । एप्पलले नयाँ आइफोनको ब्याट्री लाइफ आकर्षक दिएको छ । आइफोन ११ प्रोमा आइफोन एक्सएस जस्तै चार घण्टा भन्दा बढीको ब्याट्री लाइफ दिएको छ । त्यस्तै आइफोन ११ प्रो म्याक्समा आइफोन एक्सएस म्याक्सको जस्तै पाँच घण्टा भन्दा बढीको ब्याट्री लाइफ उपलब्ध छ ।

आइफोन प्रो म्याक्समा ६.५ इञ्चको डिस्प्ले दिइएको छ । आइफोन प्रो को सुरुवाती मूल्य ९९९ अमेरिकी डलर तोकिएको छ, भने आइफोन प्रो म्याक्सको सुरुवाती मूल्य १०९९ अमेरिकी डलर तोकिएको छ ।

आइफोन ११ मा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले दिइएको छ । नयाँ आइफोन ११ ले आईओएस १३ मा रन गर्छ । कम्पनीले आइफोन ११को रियरमा दुई क्यामेरा दिएको छ । साथै यसमा १२ मेगापिक्सलको ट्रुडेफ्ड वाइडर सेन्सर दिइएको छ । फोनमा वायरलेस चार्जिङको सुविधा पनि दिइएको छ । यसले तेज फेस अनलक र वाई–फाई ६ सपोर्ट गर्नेछ ।

आइफोन ११ प्रोमा ५।८ इन्चकोडिस्प्ले दिइएको छ । यो फोन पनि मिडनाइट ग्रीन, स्पेस ग्रे, सिल्वर, ह्वाइट र गोल्ड करलमा उपलब्ध हुनेछ ।

आइफोन प्रो म्याक्समा ६।५ इन्चको डिस्प्ले दिइएको छ । यो फोन पनि मिडनाइट ग्रीन, स्पेस ग्रे, सिल्वर, ह्वाइट र गोल्ड करलमा उपलब्ध हुनेछ । आइफोन प्रो र आइफोन प्रो म्याक्समा ट्रिपल रियर क्यामेरा सेटअप दिइएको छ । कम्पनीले यसलाई प्रो क्यामेराको नाम दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार