भोजपुरका दीपेन्द्र राई लोक स्टार रियालिटी शोको टप ८ मा, यसरी भोट गरौ…

  सिलिचुङ समाचारदाता

काठमाडौं । एपिवान टेभिजिनमा सञ्चालन भईरहेको चर्चित रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार’ मा दिपेन्द्र राईले भोट गरेर जिताउनका लागि अपिल गरेका छन् । प्रत्येक बिहिबार र शुक्रबार सञ्चालन हुने रियालिटी सोमा राई ८ औं स्थानका लागि प्रतिस्पर्धामा छन् ।

नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।

भोजपुरको आमचोक गाउँपालिक १०, निवासी ३५ वर्षीय दीपेन्द्र राईले इटहरीमा भएको प्रदेश नम्बर १ को अडिसनमा पूर्वेली पहिरनमा “धरान धनकुटा भेडेटार” बोलको गीत गाएर छनोट भएका थिए । काठमाडौंमा भएको मेगा अडिसनमा दौरा सुरुवाल तथा ढाका टोपीमा सज्जिएका राईले “रिङ्के बुङको रागालाई चुङ्के बुङ्को चुलेशिले” लगायतको पूर्वेली गीत गाएका थिए ।

सानैदेखि संगीतमा रुचि राख्ने राईले गाउँकै विद्यालयबाट एसएलसीसम्मको पढाइ पुरा गरेका हुन् । हाल उनी सुनसरी जिल्ला इटहरीको भोजपुरे टोलमा बसो बास गर्दै पूर्वाञ्चल संगीत विद्यालयमा प्रशिक्षक लिएका थिए भने अहिले अल्फा म्युजिक स्कूलमा गणेश रिजालको शास्त्रीय संगीतका विद्यार्थी हुन् भने संगीत छेत्रमा सुरुका दिन देखि अहिले सम्म रुद्र श्रेष्ठको साथमा रही गीत संगीतको काम गदै आएका छन् दिपेन्द्र राई ।

नेपाल लोक स्टार हरेक विहीबार तथा शुक्रबार राति ८ः३० बजे एपी वान टेलिभिजन तथा नेपाल लोक स्टार यूट्यूब च्यानलमार्फत प्रशारण हुने गर्दछ ।

राईले आँफुलाई जिताउनकालागि मोवाईलको म्यासेज बक्समा गई एल स्पेश २१ टाईप गरि ३७००० मा पाठाउनु पर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार