बर्षातले घरगोठ भत्किँदा चौपाया मरे, बाटो विग्रिएपछि सास्ती

  सिलिचुङ सम्बाददाता

अविरल वर्षातले भत्किएको घर । फायल तश्विर

भोजपुर । अविरल वर्षातले जिल्लाका विभिन्न ग्रामिण भेग घर तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । वर्षाले आमचोक गाउँपालिका ४, बालंखामा स्थानीय तिलक बहादुर कार्कीको दुई तले घर, रामप्रसाद राई गाउँपालिका १, ओख्रेमा स्थानीय धन वहादुर राईको एकतले घर र अरुण गाउँपालिका ५, याकुमा स्थानीय रमेश ढकालको घर भत्काएको छ ।
कुनै मानवीय क्षति नभएपनि बर्षातले भौतिक संरचना भत्किएर रुपैँया, जिन्सी तथा पशुचौपायामा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए । बर्षातले गएराती बालंखाका तिलक बहादुरको एउटा खसीसहित एक लाख तीन हजार बराबरको भौतिक क्षति, ओख्रेका धन बहादुरको घरगोठ र गोठ भत्केर याकुका रमेश ढकालको तीनवटा बाख्रासहित ७६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिकूल मौसममा बाढि, पहिरोको बढि जोखिम हुने भन्दै सर्वसाधरणलाई सर्तक भएर आवतजावत गर्र्न प्रजिअ नुरहरि खतिवडाले आग्रह गरे । उनले वर्षातका समयमा पहिरो र विभिन्न ठाउँमा सडक दवेका कारण ठुला सवारीसाधन चलाउन समय लाग्ने बताए । भारी वर्षातका कारण जिल्ला अधिकांश भित्री कच्ची सडकहरुमा यातायातका साधनहरु चल्न सकेका छैनन् । हिलाम्मे र विभिन्न स्थानमा खसेको पहिरोले बाटो पुरै ठप्प छ ।
विशेषगरि सदरमुकामबाट चल्ने उत्तरी दिङ्ला, साल्पासिलिछो, पूर्वी पौवादुङमा, दक्षिण घोरेटार, आमचोक, धोद्लेखानी, आखे्र, मानेभञ्ज्याङ, वैकुण्ठे, छिनामखु चल्ने ग्रामिण कच्ची सडकखण्ड हिलाम्मे र बिग्रिएपछि ग्रामिण भेगका सर्वसाधरण बढि मारमा छन् । यातायात साधन नचल्दा ग्रामिण भेगका सर्वसाधरण विचैमा अलपत्र परेका छन् । उपभोगीय सामानको ढुवानी गर्ने सवारीसाधनहरु विचैमा रोकिदा समस्या भएको छ । वर्षातले ६६ किलोमिटर भोजपुर–लेगुवा सडक र ४२ किलोमिटर भोजपुर चखेवा सडकखण्डमा कालोपत्रे काम भएपनि विभिन्न स्थानमा खसेको पहिरोले बाटो अवरोध पु¥याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार