भोजपुरमा ७५ बर्षीय श्रीमानले ७२ बर्षीया श्रीमतीलाई खुकुरी हानेपछि…

  सिलिचुङ समाचारदाता

भाेजपुर । भोजपुर नगरपालिकाको–४ सिद्धेश्वरको मान्द्रेका ७५ बर्षीय शरणबहादुर दर्जी आफ्नै ७३ वर्षिय श्रीमती मधुकुमारी दर्जीलाई खुकुरी प्रहार गरि घाईते वनाए छ ।
श्रीमान र श्रीमतीको विचमा घरायसी विवाद भई –झगडा हुँदा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीलाई घाईते वनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंशीले बताउनुभयो । । दर्जीको दाहिने तर्फको गाँलामा गहिरो चोट लागि घाईते भएपछि उनलाई जिल्ला अस्पताल भोजपुरमा उपचार ल्याईएकोमा उपचार हुन नसकेपछि थप उपचारको लागि नोवेल अस्पताल विराटनगरमा दर्जीको उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने दर्जीलाई पक्राउ गरी जिल्ला अदालतबाट ज्यान मार्ने उधोग मुद्धामा ७ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार