धरानमा उपनिर्वाचनकाे चटारो, नेकपा उम्मेदवार प्रकाश राईको यस्ताे छ चुनावी अभियान

  सिलिचुङ समाचारदाता

सुनसरी । यतिवेला सुनसरीको धरान उपमहानगरपालिका चुनावी सरगमी बढेको छ । जाडोको समय  चिसो हुँदै जाने समयमा धरानमा भने चुनावी गतिविधिले यहाँ तातेको छ । चुनाव प्रचारप्रसारमा धरानका राजनीतिक दलका नेता र कार्यकर्ता चुनावी घरघरमा पुगेर चुनावी प्रचारमा लागेका छन् ।

२०७५ साल साउन १ गते धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको थियो । सुब्बाको निधनपछि अहिले त्यहाँ उपनिर्वाचनका लागि चुनावी प्रचार तिब्र छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार मैदानमा छन् । सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट प्रमुख बनेका थिए ।

असारे चटारोमा किसान ब्यस्त भएजस्तै दलहरुलाई चुनावी घरदैलोले ब्यस्त बनाएको छ ।  धरानमा २०१५ सालदेखि कम्युनिष्टको बाहुल्यता यस्तो छ ।

धरानको जनमत हेर्दा कम्युनिष्ट अनुकुल देखिन्छ । विक्रम संवत २०१५ सालदेखि कम्युनिष्ट उम्मेदवारले प्रभाव जमाउँदै आए पनि यस पटकको चुनावलाई भने निक्कै प्रतिस्पर्धाका रुपमा लिइएको छ ।

तर विश्लेषकहरुले भने तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरणले नेकपालाई सजिलो हुने बताएका छन् ।

नेकपाका उम्मेदवार प्रकाश राईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उम्मेदवार तिलक राईसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली काँग्रेसले भने २०१५ सालदेखिको कम्युनिष्टको प्रभावलाई यस पटक निष्प्रवाह पार्ने जनाएको छ ।

धरान उपमहानगरपालिकाका उमेदवार प्रकाश राई को हुन ?

मोरङको वोरवन जन्मिएका प्रकाश राई वि.सं. २०३५ सालको निरंकुश पञ्चायती समयमा १८ वर्षको उमेरमा कोअर्डिनेशन केन्द्र मार्फत संगठित भएका थिए ।

२०४६ सालमा नेकपा (एमाले) सुनसरी १ नम्बर क्षेत्रीय कमिटी सदस्य राई माले र माक्र्सवादीबीचको एकीकरणपछि नेकपा एमालेमा सक्रिय भए । उनी २०४७ सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य भए ।

२०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा निरन्तर १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरिसकेका राई अहिले नेपाल कम्युनिष्ट पार्टीमा सुनसरी जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा क्रियाशिल छन् ।

कम्युनिष्ट आन्दोलनमा ४१ वर्षसम्म निरन्तर क्रियाशिल रहेका राई विभिन्न समयमा पार्टीका गुट, फुट, विभाजन र जातिय संकिर्णताकाविरुद्ध पनि क्रियाशिल रहे ।

धरान घोपा क्याम्प चिल्ड्रेन स्कुलमा प्रारम्भिक अध्ययन गरि महेन्द्र बहुमुखि क्याम्पस धरानबाट बि।ए।सम्मको अध्ययन पुरा गरेका राई धरान वडा नम्बर १८ का स्थायी बासिन्दा हुन् ।

सुनसरीको राजनीतिमा बढी भिजेकाले धरानको सामाजिक, आर्थिक बिकासमा उनको योगदान विगतमा राम्रो भएको मतदाताले बताएका छन् ।

जीवनको उर्जावान समय धरानका लागि समर्पण गरेका राई धराने र धराने माटो, बाटोसंग उत्तिकै परिचित छन् । विजयी भएमा धरानको सडकको स्तरोन्नती गर्ने उनको पहिलो प्रतिवद्धता छ ।

अन्तरमुखी स्वभावका राई भद्र, शालिन र पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने नेताका रुपमा परिचित छन् । यस पटकको चुनावमा पनि राईले आफ्नो लागि उम्मेदवार सिफारिस गर्न कसैलाई पनि भनेका थिएनन् ।

के छ प्रकाश राईका प्रतिवद्धता ?

१. जनप्रिय मेयर स्व. तारा सुब्बाले अघिसारेका धराने जनताका लागि गर्न बाँकी काम पुरा गर्ने अभिभारा ।

२. धरानको समग्र विकासका लागि नेकपाले अघिसारेको प्रतिवद्धता पत्र कार्यान्वयन गर्ने अभिभारा ।

प्रकाश राई कहाँ–कहाँ आवद्धता  छन् त ?

१. नेपाल रेडक्रस सोसाईटी सुनसरी जिल्ला शाखा सदस्य ।

२. नेपाल शान्ति तथा ऐक्यवद्धता प्रवद्र्धन समिति सदस्य ।

३. घोपा निमावि धरान १७, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ।

४. ज्ञानोदय मावि धरान ११, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ।

५. किरात राई यायोक्खाको सुनसरी जिल्ला समिति सल्लाहकार ।

६. नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार