धरान । मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा क्रममा नजिकिदै गर्दा धरानमा नयाँ पार्टी रोज्नेको लर्को बढ्दै गएको छ । उपनिर्वाचनको प्रचारका लागी घरदैलोमा पुग्न व्यवस्ता रहेका नेकपाका उम्मेदवार सहित नेता र कार्यकर्ताहरूको टोलीले दिनानुदिन धेरै संख्यामा युवाहरू नेकपामा प्रवेश गराइरहेका छन ।
शुक्रबार नेकपाको धरान १६ मा भएको घरदैलो कार्यक्रममा समेत धरान १६ स्थित सिमान मार्गका ३१ जना युवाहरू काँग्रेस परीत्याग गरी नेकपामा प्रवेश गरेका छन । काँग्रेसमा रहेका युवा प्रज्वल भुजेलको नेतृत्वमा रहेका ३१ युवाहरूलाई नेकपाका धरानको मेयर पदका उम्मेदवार प्रकाश राई, नेकपाका प्रदेश सदस्य अइन्द्र बिक्रम बेघा, जिल्ला सदस्य चोत्लुङ र नगर सदस्य राजमणी निरौलाले अबिर र माला लगाई नेकपामा प्रवेश गराएका छन ।
भुजेलको नेतृत्वमा रोशन तामाङ, एलिना तामाङ, शोभा तामाङ, भवानी भुजेल, राजन गुप्ता, सलेश श्रेष्ठ, राहुल विक, राकेश श्रेष्ठ, आशिष प्रधान, धनबहादुर श्रेष्ठ, स्वस्तिका भुजेल, सुमित राई, सिबु राई, विके राई, मन्जिल सुनुवार राई, मनोज विक, अजय चौधरी, अनिश भुजेल, आशिष भुजेल, प्रविण विक, वरूण कार्कि, प्रदिप भुजेल, दिपा प्रधान, नैना विक, अनिषा राजधामी, नरेन राई, प्रेरणा राई, पुजा श्रेष्ठ, अन्जान राई र इन्दिरा राई रहेका छन ।
प्रवेश पछि बोल्दै नवप्रवेशी युवा प्रज्वल भुजेलले युवाहरूको सोच अनुसार गाँउठाँउ विकास हुन्छ भनेर केही मागका साथ पहिले काँग्रेसमा प्रवेश गरेकोमा त्यो सबै आश्वासन मात्र भएकाले नेपाली काँग्रेस पार्टी परीत्याग गरी नेकपमा प्रवेश गरेको बताए । उनले भने, हामी युवाहरूको सोच गाँउठाँउको विकास हुन्छ होला भनेर पार्टीलाई सहयोग गरेकोमा काँग्रेसले विकासको लागी कुनै काम नगरी झुठो आश्वासन दिएकाले काँग्रेस परीत्याग गरी नेकपामा प्रवेश गरेका हौ । हाम्रो ठाँउमा स्थानिय निर्वाचन पश्चात नेकपाको दुईतिहाई बहुमतमा बनेको स्थानिय सरकारले सडक, ग्याभिन, भवन लगायतको निर्माणका लागी सहयोग गरेको जसबाट हाम्रो ठाँउ प्रत्यक्ष विकास भएको अनुभव हामीले पाएका छौ । अब नेकपालाई समर्थन गरेर उपनिर्वाचनमा होमिने छौ ।