कुवेतमा प्यारालाइसिसले ग्रस्त भोजपुरका प्रेम बान्तवा नेपाल फर्काइयो

  सिलिचुङ समाचारदाता

प्रेम वान्तवालाई नेपाल फर्काउने क्रममा कुवेतको एयरपोर्ट जाने क्रममा । फोटोः विनोद प्रधानको फेसबुकबाट 

भोजपुर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपाािलका–१ का प्रेम बान्तवा नेपाल फर्केका छन् । उच्च ब्लडप्रेशरका कारण बिरामी परेका प्रेम बान्तवालाई नेपाली दुतावास र विभिन्न संघ सस्थाको सहयोगमा अलजजिरा एयरलाइन्स मार्फत आज नेपाल फर्काइएको हो ।
कम्पनीकाे तर्फबाट प्लेन टिकट, हालसम्मको अस्पतालमा उपचार खर्च र तलव कम्पनीले भुक्तान गरेपछि वान्तवालाई नेपाल फर्काइएको हो ।
केहि समयअघि बैदेशिक रोजगारको शिलशिलामा कुवेत पुगेका वान्तवा कम्पनीमा काम गर्दागर्दै ढलेका थिए । काम गर्ने क्रममा ढलेपछि प्यारालाईसिस भएका राईको कम्पनी खारेज भएकोले उपचार खर्च साथै नेपाल ल्याउनमा समस्य भएको थियो ।
वान्तवाकाे खर्च  गर्न र समन्वय गर्दै नेपाल ल्याउँन लागि समस्या भएपछि सामाजिक सञ्जाल मार्फत सहयोग अपिल गरेका थियौ सहयाेगी अभियानकर्ता नुमा राईले बताइन् । राईले भनिन्, ‘हामीले सामाजिक सञ्जाल मार्फत  रकम संकलन गर्न सक्षम भइसकेका छौ, सामाजिक संजाल मार्फत उठेको रकमले प्रेम वान्तवालाई आज हामीले नेपाल ल्याउन सकेका छौ । अहिले पनि सहयोग उठ्ने क्रम जारी छ यो अभियानलाई निरन्तरता दिन्छौ ।’
हाम्रो प्यारो भोजपुर फेसवुक पेजवाट सामाजिक संजाल समूहमार्फत आह्वान गर्दै आएका अभियानकर्ताहरुले सहयोग गरिसकेपछि सोको भौचर ग्रुप तथा पेजमा पोष्ट गरिदिनुहुन पनि अनुरोध गरेका छन्।

प्रेम बान्तवाकी श्रीमती शिला राईले आफ्नो श्रीमान् गत बर्ष फागुनमा बिदेश जान्छु भन्दै काठमाडौं गएका तर पछि एकैचोटी बिदेशमा बिरामी परेको खबर सुनेको बताएकी छिन् । यहाँहरुसँग सहयोगको लागि हात थाप्न बाध्य भएकीछु, यसमा मेरो बाध्यता छ, सहयोगी सबैलाई धन्यवाद दिनचहान्छु । श्रीमानलाई नेपाल ल्याउने बारेमा अहिलेसम्म नेपाल सरकारका कुनै ब्यक्तिले आफूलाई सोधिखोजी नगरेको पनि शिलाले बताएकी छन् ।

ग्रुप मार्फत ब्यक्तिगत रुपमा तथा सामाजिक संजाल मार्फत अभियानकर्ताहरुले पहिले पनि जो कोहीलाई यस्तो आपत र समस्या पर्दा सहयोग अभियान संचालन गरिएको बताउँदै प्रेम बान्तवाको कुबेतको अवस्था र उनको नेपालमा परिवारको गरिवी देखेर यस्तो अभियान शुरु गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार