बेलायतमा कोरोना भाइरसबाट ५५ को मृत्यु, सरकारको नयां अपिल

लन्डन । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सोमबार ५५ पुगेको छ । मर्ने सबै ६० वर्ष उमेर माथिका रहेका समाचारमा उल्लेख छ ।

सोमबारसम्म १५४३ जना संक्रमित भएका बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४४ हजार बढिले कोरोना भाइरसको परिक्षण गराइसकेका छन् ।

कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि बेलायत सरकारले पब, रेष्टुरेन्ट, सिनेमा घर, थिएटर लगायत सामाजिक जमघटमा नजान अपिल गरेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार आयोजित एउटा पत्रकार सम्मेलनमा भाइरस फैलन नदिन 
अरुसंग सम्पर्क कम गर्न र जरुरी बाहेकको यात्रा नगर्न भनेका छन् । प्रधानमन्त्री जोन्सनले सम्भव भए घरैबाट काम गर्न पनि सुझाएका छन् । विशेष गरि गर्भवती महिला र ७० वर्षमाथिका व्यक्तिले सल्लाह अनुशरण गर्न महत्वपूर्ण हुने उनले बताए ।

प्रधानमन्त्रीले उच्च ज्वरो र निरन्तर खोकी लागे सबै परिवारलाई १४ दिनसम्म घरैमा बस्न अनुरोध पनि गरेका छन् ।

सरकारको आग्रहसंगै रोयल ओपेरा हाउस बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार