राष्ट्रकवि माधव घिमिरेको १ सय १ वर्षको उमेरमा निधन

काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ। परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो।

 

उनी गत असोजमा  १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

 

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो ।

 

राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका थिए।

 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबारमात्र अन्त्येष्टि हुने भएको हो। नेपाली सेनाको सलामीसहित उनको बुधबार अन्तिम संस्कार हुने भएको हो।

 

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा लैनचौरस्थित निवासमै निधन भएका घिमिरेको परिवारले मंगलबार नै उनको अन्तिम संस्कार गर्ने बताए पनि  प्रधानमन्त्री कार्यालयले बुधबारमात्र अन्तिम श्रद्धाञ्जलि गर्न आग्रह गरेको थियो।  उनको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि हुने भएको हो।

 

निधनपछि मंगलबार साँझ उनको निवासमा उनलाई श्रद्धाञ्जलि दिन परिवारजन र शुभेच्छुकहरुको भिड लागेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार