लण्डन । कोरोना भाइरसविरुद्ध खोपको विकास गरिरहेको अमेरिकी कम्पनी नोभाभ्याक्सले आजदेखि बेलायतमा तेस्रो चरणको परीक्षण शुरु गर्दैछ ।
चारदेखि छ हप्तासम्म चल्ने यस चरणमा १८ वर्षदेखि ८४ वर्षसम्मका करिब १० हजार स्वयंसेवकहरुलमा सो खोपको परीक्षण गरिने छ ।

परीक्षणमा सहभागीमध्ये आधालाई NVX-CoV2373 खोपको दुई मात्रा ‘म्याट्रिक्स एम’ सँगै दिइने छ भने बाँकी आधालाई प्लेसीबो दिइने छ ।
यसअघि आष्ट्राजेन्का, पीफाइजर र मोडर्नाले विकास गरिरहेका खोपहरु तेस्रो चरणमा पुगेका छन् । उनीहरु खोपको नियामक निकायबाट अनुमति पाउने अन्तिम विन्दुमा पुगेका छन् ।
नोभाभ्याक्सको खोप परीक्षणमा करिब ४०० स्वयंसेवकलाई सिजनल फ्लुको खोपसहित नयाँ भ्याक्सिन दिइने छ ताकि यसको प्रभावकारिता जान्न सकियोस् ।
यसअघि बेलायतमा अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेन्काद्वारा बनाइँदै गरेको खोपको तेस्रोचरणको परीक्षण सम्पन्न भएको थियो ।
नोभाभ्याक्सका अनुसन्धान तथा विकास युनिटका अध्यक्ष ग्रेगरी एम ग्लेनले आफ्नो टीम यस परीक्षणबाट खोपको प्रभावकारिताका प्रमाणित हुनेमा आशावादी रहेको बताएका छन् ।
नोभाभ्याक्सले सो खोपको यसअघि गरिएको परीक्षणबाट कडा एण्डीबडी प्रतिक्रिया देखाएको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार करिब ४० वटा कोरोना भाइरस विरुद्धका खोपहरु विश्वभर परीक्षण भइरहेका छन् भने करिब १४० वटा शुरुवाती चरणको परीक्षणमा छन् ।