यी सुन्दरीले आफैं जिस्किँदै म्यासेज पठाउँछिन्, जवाफ दिँदा नराम्रोसँग फस्छन् युवा

अमेरिकाको क्यालिफोर्नियाकी एक इन्स्टाग्राम मोडलले धोकेबाट पार्टनरको सामाजिक संजालमा पोल खोल्ने काममा महिलाहरुलाई सहयोग गरिरहेकी छिन् । २८ वर्षकी पेज वुलन नामकी यी मोडलका सामाजिक संजालमा २ लाखभन्दा धेरै फलोअर छन् । उनको अर्को एउटा साइड अकाउन्ट पनि छ । यही साइड अकाउन्टबाट उनले गर्लफ्रेण्ड हुँदाहुँदै अर्की ताक्ने युवाहरुको पोल खोल्छिन् । उनले ती युवाहरुलाई सिधै फ्लर्ट गर्दै म्यासेज पठाउँछिन् । यसरी म्यासेज पठाउँदा ती युवाले दिने प्रतिक्रिया उनले सामाजिक संजालमा सार्वजनिक गरिदिन्छिन् ।

 

वुलन भन्छिन् ‘मैले इन्स्टाग्राममा डाइरेक्ट म्यासेज पठाउने कैयौं यस्ता व्यत्तिःहरु पनि देखेकी छु जसको प्रोफाइल फोटोमा उनको साथमा गर्लफ्रेण्ड छिन् ।’ गर्लफ्रेण्ड हुँदाहुँदी अर्कीतिर लपक्कै हुने यस्ता युवाहरुको च्याटको स्क्रिनसट वुलनले सामाजिक संजालमा सार्वजनिक गरिदिन्छिन् । एक घटना शेयर गर्दै उनले  ‘हालै मैले एक व्यक्तिलाई तपाइँ क्युट हुनुहुन्छ । यदि तपाइँ सिंगल भए म भेट्नेबारे सोचिरहेकी छु भनेकी थिएँ । उनले अँ म सिंगल छु के तपाइँसँग स्न्यापच्याट छ ? भनेर सोधे ।’

 

यस्तै अर्का व्यक्तिले पनि आफूलाई सिंगल बताउँदै वुलनसँग फ्लर्ट गरेका थिए जबकि उनको अकाउन्टमा गर्लफ्रेण्डका थुप्रै तस्वीर थिए । वुलनको मुख्य इन्स्टाग्राम अकाउन्टमा पनि उनका बिकिनी तस्वीरहरु छन् । वुलनले च्याटमा धोकेबाजहरुसँग कुरा गर्दा आश्चर्यजनक कुरा खुलासा हुने बताइन् । केही व्यक्तिहरु भने यस्ता पनि थिए जसले म्यासेजको जवाफ दिएनन् वा पहिले नै गर्लफ्रेण्डको बारेमा बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार