‘टप २५’ मा अनुष्का

संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा बलिउड अभिनेत्री अनुष्का शर्मा  परेकी छन्। यो सूची हाइप अडिटरले सार्वजनिक गरेको हो।

 

हाइप अडिट तथ्यांक संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म हो। हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्तामा एक हजार जना प्रयोगकर्ताको सूची सार्वजनिक गरेको हो।  यो सूची प्रयोगकर्ताको फलोअर्स, तिनले राखेको पोस्टको प्रभावकारिता र फलोअर्सको संलग्नताको आधारमा तयार पारिन्छ।

 

टप २५ को सूचीमा पहिलो स्थानमा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डको प्रत्येक पोस्टमा ४५ लाखभन्दा बढी अन्य इन्स्टाग्राम प्रयोगकर्ताको संलग्नता पाइयो। उनी पछि क्रमशः गायिका कायली जेनर र केन्डल जेनर सूचीमा परेका छन्। त्यस्तै, चौथो स्थानमा फुटबलर लियोनेल मेस्सी तथा पाँचौं स्थानमा गायिका सेलेना गोमेज छिन्। १०औं स्थानमा अमेरिकी गायिका बियोन्से परेकी छन् भने अर्की गायिका टेलर स्विफ्ट भने १३औं स्थानमा छिन्। उता भारतीय टिमका कप्तान विराट कोहोली सूचीको ११औं स्थानमा परेका छन्।

 

अभिनेत्री अनुष्का शर्मा ‘टप २५’ को २४औं स्थानमा परेकी छन्। बलिउडबाट अभिनेत्री कट्रिना केफ र दीपिका पादुकोण भने टप ५० को सूचीमा परेका छन्। कट्रिना विश्वको सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताहरूको सूचीमा ४३औं स्थानमा तथा दीपिका ४९औं स्थानमा रहेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार