ओलीको संवैधानिक ‘कु’ विरुद्ध भोजपुरमा नेकपाको विशाल जनप्रदर्शन (फोटोफिचरसहित)

  सिलिचुङ सम्बाददाता

 

मंगलबार भोजपुरमा प्रधानमन्त्री ओलीको विरोधमा प्रचण्ड–नेपाल समुह नेकपा भोजपुरले निकालेको जुलुस । तश्विर, सिलिचुङ

 

भोजपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समुहको नेकपाले भोजपुरमा विशाल विरोधसभा गरेको छ । ओलीको संवैधानिक ‘कु’ को घोर भत्र्सना गर्दै प्रचण्ड–नेपाल समुहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत भोजपुरमा पनि विशाल जनप्रदर्शन गरेको छ ।

ओलीको संवैधानिक ‘कु’ को चर्को विरोध गर्दै भोजपुरमा प्रचण्ड–नेपाल समुहको शक्ति प्रदर्शन

गाउँगाउँबाट ¥यालीमा सहभागी प्रचण्ड–नेपाल पक्षका प्रदर्शनकारी सहभागितामा नेकपाको विशाल जनप्रदर्शनले भोजपुर सदरमुकाम तताएको थियो । ‘ओलीको यो पाराले दुख पाए साराले, प्रतिगमन मुर्दावाद, तानाशाह मुर्दावाद, फाँसीवाद मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद’ जस्ता नाराबाजी सहित विरोध ¥याली निकालिएको थियो । सयौँ बाईक ¥यालीसहित निक्लेको जनप्रदर्शन सदरमुकामको जिरोप्वाईन्ट, बैंकरोड, चारभञ्ज्याङ परिक्रमा गर्दै शहिदपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा केन्द्रिय नेतासहित प्रदेश, जिल्ला ईन्चार्जदेखि नगर, गाउँ, वडा कमिटीका कार्यकर्तासम्म भेला भएका थिए । विरोध ¥यालीमा संघिय सांसद एवम् नेकपा भोजपुरका ईन्चार्ज सुदन किँराती, नेकपा केन्द्रिय सदस्य एवम् नेकपा भोजपुरका सह–ईन्चार्ज हरिबहादुर राई, नेकपा प्रदेश कमिटी सदस्यहरु राजेश खतिवडा, रमेश शाक्य, विमल खड्का, नेकपा भोजपुर संगठन विभाग प्रमुख सचिव शरणकुमार राई लगायतको उपस्थिती थियो ।
ओलीको असंवैधानिक निरकुंश कदमप्रति गहिरो निन्दा गर्दै नेकपा केन्द्रिय सदस्य एवम् नेकपा भोजपुरका सह–ईन्चार्ज हरिबहादुर राई संसद विघटन अलोकतान्त्रिक, अमर्यादित र जघन्य राजनीतिक अपराध भएको जिकिर गरे । प्रधानमन्त्री ओली निरंकुश शासक बनेको उनले आरोप लगाए ।
यस्तै संघिय सांसद एवम् नेकपा भोजपुरका ईन्चार्ज सुदन किँरातीले जनताको जनमतको कदर नगर्ने र भ्रष्टहरुको साथमा असंवैधानिक कदम उठाउने प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई जनताले माफी नदिने बताए । किँरातीले भने, ‘प्रधानमन्त्री ओलीको गलत कदमविरुद्ध हामी सडकमा आएका हौं, राष्ट्रलाई घात हुने किसीमका ओलीका कदमहरु हामीलाई मान्य हुने छैन’

मंगलबार भोजपुरमा प्रधानमन्त्री ओलीको विरोधमा प्रचण्ड–नेपाल समुह नेकपा भोजपुरले निकालेको जुलुस । तश्विर, सिलिचुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार