विश्व ज्योतिष महासंघको सदस्यमा क्षमता ढकाल मनोनित

लन्डन । ट्यारोड कार्डबाट भविष्यबाणी गर्ने क्षमता ढकाल विश्व ज्योतिष महासंघको सदस्यमा मनोनित भएकी छन । महासंघको हालै सम्पन्न बैठकद्धारा लण्डनमा बसेर ट्यारोड कार्डको माध्यमबाट भविष्यवाणी गर्ने ढकाल रिक्त सदस्यमा मनोनित भएकी हुन ।

 

विश्व ज्योतिष महासंघले एक विज्ञप्ति जारी गर्दै ढकाललाई महासंघको सदस्यमा नियुक्त गरेर जानकारी गराएका छन । महासंघले रिक्त रहेको सहमहासिचवमा सुनिल सिटौला, उपमहासचिवमा नरोत्तमलाल श्रेष्ठ र प्रचार सचिवमा झानेशमान जोशीलाई समेत मनोनित गरेको छ ।

 

लण्डनको स्कुल अफ एसटोलिजी युस्र्टन कलेजबाट ट्यारोडकार्ड सम्बन्धी अध्ययन गरेकी क्षमताले ६ बर्षयतादेखि ट्योरोडकार्ड रिडरको माध्यमबाट भविष्यवाणी गर्दै आएकी छन ।

 

ट्यारोट कार्डका माध्यमबाट मानिसहरुको भूत, वर्तमान तथा भविष्य बताउँदै आएकी ढकाल लण्डनस्थित एक विश्वविद्यालयमा कानुन अध्ययन गर्दै छन ।

 

लामो समयदेखि लण्डनमा वसोवास गर्दै आएकी ढकाल फोन मार्फत विश्वभरि छरिएर रहेका नेपालीहरूलाई ट्यारो कार्डका माध्यमवाट आवश्यक परामर्श समेत दिंदै आएकी छन । गैरआवसीय नेपाली संघ (एनआरएनए)को अभियन्ता सम्म रहेकी ढकालसामाजिक कार्यमा क्रियाशिल रहदै आएकी छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार