
सन्तानकाहरुको
भोक टार्न र
एक सरो कपडाका लागि
आफ्नो मृगौला
बेच्ने
ति हर्के दाइले
कहिले सोचेनन्
आफ्ना सन्तान
भन्दा माथि
आफ्नो स्वास्थ्यलाई ।
सन्तान कै खातिर
आफ्नो आँगनीमा
हर्के दाइले दिएको खुशी
आज रित्तिएको छ,
हर्के दाइको मृगौलाको
व्यथा शुरु भए देखि ।
हर्के दाइ !
तिमीले अभावमा
मृगौला बेच्यौँ,
तर तिम्रो अभावमा
नावालक सन्ततीहरुको
बेहाल बारे
के तिमी साँच्चै
अनविज्ञ थियौँ ???







