रिचमन्ड खोला र म

रिचमन्ड खोला अविरल बगिरहेछ, मेरो जिवन जस्तो कहिले रिसाए जस्तो,
कहिले शान्त
कहिले धमिलिए जस्तो
कहिले कञ्चन
कहिले दुखी भए जस्तो
कहिले सुखी भए जस्तो
कतै संवेगमा
कतै आवेगमा
मेरो सपना भएर बगिरहेछ, युगान्तर रिचमन्ड खोला जव पुग्छु दुखले या खुशीले
त्यो खोलामा
लाग्छ मलाई
त्यो खोला मेरो
आँखा भएर बगिरहेछ
लाग्छ मलाई त्यो लहरले मेरो
मुटु भएर धडकिरहेछ

 

अनिला राई

हाल बेलायत 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार