‘गीत गाउँदा मनमा आनन्द हुने गर्छ’

अनिला राईलाई धेरैले गायिका मात्रै भन्ने गरेका छन । नेपाली कथानक चलचित्र वीरविक्रमको ‘टलटल टल्कने’ वोलको गीत हिट भएपछि उनलाई झनै गायिकाको रुपमा धेरैले चिन्छन । अनिला राई गायिका मात्रै नभई लेखिका पनि हुन । गायनसंगै गीत र कविता लेखनमा उनले आफुलाई सशक्त रुपमा उभ्याउदै आएकी छिन । बहुविधागत क्षेत्रमा कुशलतापुर्वक आफुलाई प्रस्तुत गर्दै आएकी अनिलाले ६ वटा गीति एल्बम र दर्जर्नौ गीत र कविताहरु लेखिसकेकी छिन । खोटाङको दिनुवा बतासे जन्मघर भएपनि काठमाडौंमा हुर्किएकी अनिलाले पाटन क्याम्पसमा अध्ययन गर्दै गायन र लेखन कार्यलाई शुरुवात गरेकी थिइन । बेलायतमा बसोबास गर्दै आएकी अनिला २० बर्षदेखि गायन र लेखनमा संलग्न छिन । बेलायतमा बसोबास गर्दै आएकी अनिला २० बर्षदेखि गायन र लेखनमा संलग्न छिन । उनी व्यस्त जीवन र पारिवारीक जिम्मेवारीलाई बहन गर्दै बहुविधामा आफुलाई अब्बल सावित गराउन अग्रसर छिन । कविता, गीत लेखन र गायनलाई निरन्तर सिर्जना गर्दै आएकी अनिला चाडै एल्बम निकाल्ने सोचमा छिन । गीत संगीतलाई जीवनको अभिन्न पाटो लिदै आएका अनिला भविष्यमा पनि साहित्य सिर्जनालाई निरन्तरता दिने सोचमा छिन । साहित्य सिर्जना, गीत संगीत लगायत विविध बिषयमा अनिला राईसंग सिलिचुङ अनलाइनका लागि किरण राईले गरेको कुराकानीलाई प्रस्तुत गरिएको छ ।

 

१.हाल तपाई सिर्जना गर्ने हिसावमा केमा व्यस्त हुनुहुन्छ ?

 

अहिले म एल्बम निकाल्ने तयारीमा छु । तयारीको हिसावमा अन्तिम जस्तै छ । साथै गीत पनि लेखिरहेकी छु ।

 

२. तपाई कविता, गीत लेखन र गायन गर्दै आउनुभएको भएको छ, तपाईको कविता, गीत लेखन र गायनमध्ये कुन चही रुचिकर बिषय हो ?

कविता गीत लेखन र गायन तीनै वटा बिधा मेरा लागि उत्तिकै रुचिकर बिषय हुन । यि तिनै वटा बिधालाई नै अंगालेर अगाडि बढिरहेको र भविष्यमा पनि संगै लाने सोचमा छु । लेखन बिधामा जिबनको भोगाई, सामाजिक बिषयबस्तु, रीति रिवाज, प्रकृति सबै समाबेश गरिएको हुन्छ । गीत गाउँदा मनमा आनन्द हुने गर्छ । यीमध्ये पनि छान्नै परेमा सबै भन्दा बढि रुचिकर गीत गाउनु हो । गीत संगीत विना बाच्नै सक्दिन जस्तो लाग्छ । गीत मेरो जीवनको अभिन्न पाटोभित्र पर्छ ।

 

३. व्यस्तताको बाबजुत पनि तपाईले आफ्नो सिर्जनालाई निरन्तरता दिदै आउनुभएको छ । कसरी समय मिलाउनु हुन्छ ?

जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै आफ्नो दृढ इच्छा शक्ति, चाहाना, सपना छ भने जसरी पनि समय निकाल्न सकिने रहेछ । यहाँसम्म कि गीतकै लागि नै दु:ख गर्ने काम गरिरहेको छु । विदेशको ठाउँ त्यसमा पनि धेरै ब्यस्त काम, परिवार, समाज सेवा र गीत त छदैछ यि सबै कार्यहरुलाई समय तालिका मिलाएर पुरा गरिरहेकी नै छु । आगमी दिनहरुमा पनि यसरी नै गरिरहने छु ।

 

४. तपाईले धेरै सिर्जना गर्नुभएको छ ? कतिको संख्यामा आम पाठक दर्शकहरुको पहुँचमा पुगेको छ ?

हजुर यो लामो समयको अन्तरालसम्म आईपुग्दा ६ वटा एल्बम, धेरै गीतहरु, कविताहरु साथै ‘वीरबिक्रम’ चलचित्रको गीत आम श्रोतासामु पस्की सकेकी छु । यति धेरै सिर्जनाहरु निकाले पनि मैले द:ुख, मेहनत, गीत सङ्गीतमा गरेको योगदान दर्शक, श्रोता माँझ अझ पनि राम्रोसंग पुगिसकेको छैन । आजभोलि भाइरलको जमाना छ । राम्रो कार्यको उचित मुल्याङ्कन छैन जस्तो लाग्छ । त्यही भएर दुख लाग्छ ।

 

५. आगमी दिनमा कस्तो खालको सिर्जना गर्ने सोचमा हुनुहुन्छ ?

आगमी दिनहरुमा जनचेतना जगाउने, सन्देशमुलक, प्राकृतिक, समाज, जीबन भोगाईहरु गीत र कविताको माध्यमबाट प्रस्तुत गर्नेछु ।

 

६. तपाईलाई नेपाली कथानक चलचित्र वीरविक्रमको टलटल टल्कने गीत गाउने गायिकाको रुपमा धेरैले चिन्छ । तर त्यसबाहेकको आफुलाई अब्बल लाग्ने आफ्नो सिर्जना कुन जस्तो लाग्छ ?

 

चलचित्र ‘वीरबिक्रम’को गीत ‘टलटल टल्किने’ धेरै हिट भयो । त्यो गीत धेरैले मन पराउनुभयो तर गाउने ब्यक्ति म भने ओझेलमा परे । थोरैले चिन्नु हुन्छ भने धेरैले चिन्नुहुन्न त्यसैले अलि दु:ख लाग्छ । म स्कुल पढ्दादेखि नै गीत गाउदै आएकी हुँ । कलेजमा होस या त अन्य साँङ्गीतिक कार्यक्रमहरुमा भाग लिदै नै आएकी थिएँ । पहिलो एल्बम यो मनको रहरदेखि स्वराङ्कन एल्बमसम्म आईपुग्दा सबै गीतहरु उतिकै राम्रा छन तर पनि यो मनको रहर, छोरीको जन्म, तिमिबाहेक कसैलाई छान्दै छानेन, मेरो नजर, हिमालकी छोरी, आँखाभरी इन्द्रेणीको, ए साईला, यो जिबनमा बहार यि गीतहरु भने अझ बढी श्रोताहरुले रुचाउनु भएको हो ।

७. तपाई हाल गीति एल्बम निकाल्ने तयारीमा हुनुहुन्छ । कति समयपछि आम दर्शक सामु एल्बम आउँछ ?

 

गत साल नै एल्बम निकाल्ने तयारीमा थिए । तर दुर्भाग्यबस कोभिडले गर्दा सबै कार्य रोकियो र अब हेरौ यदि यो साल सम्भब भएमा एल्बम निकाल्ने योजनामा छु ।

 

८. आगमी दिनमा लेखन र गायनमध्ये कुनलाई प्राथमिकता दिएर अगाडी बढनुहुन्छ ?

 

दुईवटा बिधालाई नै एकैसाथ अगाडि बढाउने प्रयत्न गर्नेछु । गायन र लेखन मेरा दुई आखाँका नानी जस्तै हुन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार