
भोजपुर । शैक्षिक गुणस्तरमा टेवा मिलोस् भन्दै भोजपुर परिवार दक्षिण कोरियाको सहयोगमा अक्षयकोष स्थापना गरिएको छ । भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयलाई परिवारले चार लाख बराबरको छात्रवृति कोष रकम हस्तान्तरण गरेको हो ।
अक्षयकोषको ब्याजबाट नयाँ शैक्षिकसत्रमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विशेष क्षमताका बालबालिकालाई विद्यालय पोशाक प्रदान गर्ने कार्यविधि बनाईएको छ । भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको उपस्थितिमा भोजपुर परिवार दक्षिण कोरियाका प्रतिनिधीमार्फत चेक हस्तान्तरण गरिएको थियो ।
विद्यालयमा अध्ययनरत १५ जना बहिरा बालबालिकालाई जिल्ला अस्पताल भोजपुरका डेन्टल हाइजिनिष्ट डा. एलिना थापाले विद्यालय पोशाक प्रदान गरिन् । वहिरा विद्यालयमा विद्यार्थी बढ्दै गएपनि आर्थिक समस्या देखिएको अवस्थामा अक्षय कोष स्थापनाले केहि राहत मिलेको भोजपुर बहिरा संघका अध्यक्ष सिताराम ओझाले बताए ।







