
▪️▪️▪️
फरक त छ
हामीबीच
धेरै नै फरक छ ।
तिमीहरू –
फगत लेउ लागेको ढुङ्गा देख्छौँ
स्टिमबोट कुद्ने खोला देख्छौँ
बालुवामा सुतेर घाम ताप्ने तट
घुमन्तेहरूका लागि फिसिङ स्पट
उच्छवासहरूका निम्ति
एउटा अवरोध न देख्छौँ
हामीहरू –
सभ्यता सुरु भएको घर देख्छौँ
पूर्खाहरूको तिर्खा मेट्ने पानी देख्छौँ
माझीको थकान मेट्ने किनार
माछाका भुराहरू खेल्ने संसार
र, चकनाचुर भइरहेको तिम्रो अहङ्कार देख्छौँ ।
हामीबीच
फरक त छ ।
◾️◾️◾️







