बेलायतबाट उत्पादित अक्सफोर्ड–एष्ट्राजेनेकाको खोपले मृत्यु

लण्डन । बेलायतमा उत्पादित अक्सफोर्ड–एष्ट्राजेनेका खोप लगाउने व्यक्तिमा रगत जम्ने समस्या देखिएको छ । अक्सफोर्ड–एष्ट्राजेनेका खोप लगाउने केहि व्यक्तिमा ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने समस्याले सात जनाको मृत्यू भइसकेको छ भने केही संख्यामा विरामी परेको छ ।

 

कोरोना संक्रमण रोक्न खोप प्रभावकारी नै रहेको एमएचआरए, युरोपियन मेडिसिन एजेन्सी र विश्व स्वास्थ्य संगठनले बताइरहँदा यस्तो समस्या देखिएको हो । रगत जम्ने समस्या एकिन नभएपनि केही संख्यामा भएको अनुमान गरिएको छ । सात जनाको मृत्यु भएको नियामक निकायले बताए पनि खोपको कारण हो वा अन्य कारणले भन्ने एकिन भै नसकेको जनाएको छ । खोपले रगत जम्ने समस्या देखिएपछि बेलायतस्थित विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । बेलायतको स्वास्थ्य विभागले भने खोपले बेफाइदा भन्दा फाइदा रहेको जनाएको छ ।

 

अक्सफोर्ड–एष्ट्राजेनेका खोप लगाउने व्यक्तिमा रगत जम्ने समस्याले सात जनाको मृत्यू भइसकेको छ भने केही संख्यामा विरामी परेको छ । खोपले रगत जम्ने समस्या देखिएपछि बेलायतस्थित विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

यस्तै समस्या देखिएका कारण कतिपय मुलुकहरुले अक्सफोर्डले उत्पादन गरेको खोप लगाउन प्रतिवन्ध लगाएका छन् भने कतिपय मुलुकले खोपलाई पुन: निरन्तरता दिन थालेका छन् । जर्मनी, फ्रान्स, नेदरल्याण्ड र क्यानाडाले वृद्ध मानिसहरुलाई अक्सफोर्डको खोप प्रयोग गर्न प्रतिवन्ध लगाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार