लेखक खगेन्द्र संग्रौलालाई ४ लाख रुपैयाँको ‘पहिचान सम्मान’

लेखक तथा राजनीतिक विष्लेषक खगेन्द्र संगौला पहिचान पुरस्कारबाट सम्मानित हुने भएका छन् । पहिचान पुरस्कार कोषले संग्रौलालाई ४ लाख २ हजार २ रुपैयाँसहित ताम्रपत्रले ’पहिचान सम्मान’ गर्न लागेको हो ।

 

कोषका अनुसार आगामी ४ वैशाखमा कार्यक्रममाझ संग्रौलालाई सम्मान अर्पण गरिनेछ । लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संग्रौलालाई सम्मान गर्न लागिएको कोषका संस्थापक नरेश काङमाङले बताए ।

 

२०७२ सालमा बेलायतमा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई बर्सेनि पुरस्कृत गर्दै आएको छ ।

 

साहित्य र पहिचानको क्षेत्रमा क्रियाशीलहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित यो संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँँचौँ वर्ष सम्मान अर्पण गरिने जनाएको छ । यसअघि चारवटा पुस्तकका लेखकहरूलाई कोषले पुरस्कृत गरिसकेको छ । लेखक संग्रौलाले पाउन लागेको चाहिँ सम्मान हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार