चीनबाट ४० लाख खोप ल्याउने

काठमाडौँ- सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्तिमार्फत सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता भएको  जानकारी गराएका हुन्।

 

खोपको आपूर्ति असार २४ बाट साप्ताहिक रुपमा हुने जानकारी पनि प्रवक्ता डा. पौडेलले गराएका छन्। सरकारले यसअघि भएको सहमतिअनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता भएको छ।

 

यद्यपि खरिद मूल्यबारे खुलाइएको छैन। चीनसँग मूल्य नखुलाउने सहमति भएको एक उच्च अधिकारीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार