आँसु र उत्सव

सक्नेहरू भन्छन्
उत्सव हो जिन्दगी– रमाऊ
हावामा उडिरहेछन् अवसरहरू
हात बढाऊ
र च्याप्प समाऊ ।

आँखामै अल्झिन्छु एकछिन् भन्दा पनि
मुहारमै टल्किन्छु एकछिन् भन्दा पनि
आश्रय नपाएर भुइँमा टप्किने
आँसुले–

आँसु नै रहन देऊ मलाई एकछिनभन्दा पनि
छरिएर भुइँमा
धुलोसँग हराउने
आँसुले–

कहाँ खोजोस् अवसर ?
उत्सवको त के कुरा ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार