सामसङको ग्यालेक्सी एस२२ विश्वभर उपलब्ध, यस्तो छ मूल्य

सामसङ इलेक्ट्रोनिक्सले नयाँ ग्यालेक्सी एस२२ सिरिज विश्वभर उपलब्ध भएको घोषणा गरेको छ। सामसङले रेकर्ड तोड मागलाई पछ्याउँदै पुनःपरिभाषित ग्यालेक्सी एस२२ स्मार्टफोनहरु विश्वव्यापी रुपमा उपलब्ध भएको जानकारी गराएको हो।

 

‘उपकरणहरु पहिले नै सबैभन्दा लोकप्रिय ब्राण्ड बनेकोमा हामी अत्यन्त हर्षित भएका छौं’ सामसङ नेपालका निर्देशक प्रणय स्थापितले भने, ‘सामसङ्गमा हामी नवीनतम खोजहरु प्रदान गर्न कटिबद्ध छौं र यी नयाँ उपकरणहरुले ग्यालेक्सीका पारखीहरुका लागि अधिकतम रोजाईहरु मात्र प्रदान गर्ने छैनन्। अपितु उपकरणहरुको पूरा ग्यालेक्सी इकोसिस्टममा पहुँच भएको र साझेदारहरुसँग वास्तविक रुपमा जोडिएको अनुभव पनि प्रदान गर्नेछ। हामी प्रयोगकर्ताहरुलाई आफ्नो जीवन अझ सजिलोसंग जिउन र अरुहरुसंग सहजताका साथ सम्पर्क गराउनको लागि प्रतिक्षा गर्न सक्दैनौँ।’

 

ग्यालेक्सी एस२२ र एस२२+ ले अतुलनीय नाइटोग्राफी र ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोहरू र  फोटोहरुका लागि एआई उन्नत प्रविधिका साथ परम्परागत नियमहरु भंग गरेका छन्। पहिले ग्यालेक्सी नोटमा मात्र उपलब्ध एस पेन सामर्थ उत्पादकत्व अनुभवका साथ एस सिरिजको सिर्जनात्मक शक्ति संयोजनद्वारा ग्यालेक्सी एस २२ अल्ट्राले स्मार्ट फोनहरुका लागि एक नयाँ अध्याय शुरु गरेको छ।

 

ग्यालेक्सी एस २२ सिरिज नेपालमा मार्च १५, २०२२ देखि उपलब्ध हुनेछ। ग्यालेक्सी एस २२ अल्ट्रा १२ जिबि र्‍याम र २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ। ५१२ जिबि आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य रु.१ लाख ६९ हजार ९९९ र २५६ जिबि आन्तरिक मेमोरी भएको ग्यालेक्सी एस २२ अल्ट्राको बजार मूल्य रु.१ लाख ५९ हजार ९९९ कायम गरिएको छ। ग्यालेक्सी एस२२ अल्ट्रा तीन आकर्षक रङ्गहरु निख्खर कालो, हरियो र बर्गण्डी रङ्गमा उपलब्ध छ।
यसैगरी ग्यालेक्सी एस २२+मा ८ जिबि र्‍याम र २५६ जिबि आन्तरिक मेमोरी रहेका छन् र यसको मूल्य रु.१ लाख २९ हजार ९९९ तोकिएको छ, जुन निख्खर कालो, निख्खर सेतो र हरियो रङ्गमा उपलब्ध छ।

 

आधार मोडल ग्यालेक्सी एस २२ पनि ८ जिबि र्‍याम र २५६ जिबि आन्तरिक मेमोरीका साथ बजारमा उपलब्ध छ र यसको मूल्य रु.१ लाख १२ हजार ९९९ निर्धारण गरिएको छ। यो मोडल निख्खर कालो, निख्खर सेतो र हरियो रङ्गमा उपलब्ध छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार