आयोजक भोजपुर र सुनसरी सेमिफाईनलमा प्रवेश

  सिलिचुङ सम्बाददाता

 

बलका लागि संघर्ष गर्दै सुनसरी (निलो) र खोटाङ (सेतो) का खेलाडी । तश्विर, प्रदिपचन्द्र राई

 

भोजपुर । राष्ट्रिय जागृति क्लब सुनसरी र आयोजक भोजपुर भोजपुर सदरमुकाममा जारी पाँचौ अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकपको सेमिफाईनल प्रवेश गरेका छन् । क्वार्टर फाईनल खेल अन्र्तगत बुधबार भगवती स्पोटस् क्लब खोटाङलाई १–२ गोलले हराउँदै सुनसरी सेमिफाईलनमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ३० औँ मिनेटमा सुनसरीका मार्टीनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । पहिलो गोलको ६ मिनेट वित्न नपाउँदै ३६ औँ मिनेटमा खोटाङका शरद राईले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । त्यस्तै दोश्रो हाफको ६६ आँै मिनेटमा सुनसरीका कब्बु राईले थप गोल गरे । सुन्दर अवसर पाएपनि निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि सुनसरी अघिल्लो चरणमा प्रवेश गरेको हो । उत्कृष्ट प्रदर्शन दिएका सुनसरीका पिटर म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै अर्को खेलमा भोजपुर फुटबल क्लबले सगरमाथा युथ क्लब मोरङलाई ट्राईबेकर ६–७ गोलअन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीले २÷२ गोलको बराबरी खेलेपछि खेल ट्राईबेकरमा पुगेको थियो । खेलको १६ औँ मिनेटमा मोरङका निशान खड्काले पहिलो गोल गरे । त्यस्तै २२ औँ मिनेटमा भोजपुरका दिनेश आलेले गोल फर्काए । दोश्रो हाफको ५२ औँ मिनेटमा अशोक खवासको गोल थपेपछि मोरङले खेलमा अग्रता बनायो । त्यसको ६५ औँ मिनेटमा भोजपुरका सन्तोष तामाङले गोल फर्काएका खेल बराबरीमा भयो । योसंगै खोटाङ र मोरङ खेलबाट बाहिरिएका छन् ।
३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत, भोजपुर फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता छ ।

बलका लागि संघर्ष गर्दै सुनसरी (निलो) र खोटाङ (सेतो) का खेलाडी । तश्विर, प्रदिपचन्द्र राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार