गोर्खा ब्वाईज र वेष्ट बंगाल सेमिफाईन प्रवेश

  सिलिचुङ सम्बाददाता

 

बलका लागि संघर्ष गर्दै गोर्खा ब्वाईज (निलो) र उदयपुर (रातो) का खेलाडी । तश्विर, प्रदीप चन्द्र राई

 

भोजपुर । अमुक्ता परिवार वेष्ट बंगाल भोजपुर सदरमुकाममा जारी पाँचौ अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार सतासीधाम स्पोर्टिङ क्लब झापालाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै वेष्ट बंगाल अघिल्लो चरणमा प्रवेश गरेको हो ।
वेष्ट बंगालको जितमा विशाल क्षेत्री र सौरभ तामाङले २÷२ गोल र देवानसिं राईले एक गोल गरे । पहिलो हाफको ३५ औँ मिनेटमा वेष्ट बंगालका विशाल क्षेत्रीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । त्यसलगत्तै ४९ औँ मिनेटमा देवानसिं राईले गोल गर्दै अग्रता दोब्बर बनाए । दोश्रो हाफको ५६ औँ र ७१ औँ मिनेटमा सौरभ तामाङ र ६३ औँ मिनेटमा विशाल क्षेत्री गोल थप्दै टिमलाई फराकिलो गोलअन्तरले टिमको जित सहज बनाए ।
२ गोल गरेका वेष्ट बंगालका सौरभ तामाङ म्यान अफ दि म्याच भए । हारसंगै झापा प्रतियोगिताबाट बाहिरिएको छ । सेमिफाईनलमा वेष्ट बंगालले सुनसरीको सामना गर्नेछ । बिहिबार भएको अर्को क्वार्टर फाईनलमा बसाहा क्लब उदयपुरलाई ३–१ गोलले हराउँदै गोर्खा ब्वाईज रुपन्देही पनि अघिल्लो चरणमा प्रवेश गरेको छ ।
पहिलो हाफको ३६ औँ मिनेटमा गोर्खा ब्वाईजका यानिकले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै दोश्रो हाफको ४७ औँ मिनेटमा उदयपुरका प्रदिप कार्की गोल फर्काउँदै खेल बराबरीमा ल्याए । दोश्रो हाफको ८० आँै मिनेटमा गोर्खा ब्वाईजका यानिकले नै गोल थप्दै टिमको गोलअन्तर बढाए ।
त्यसको १ मिनेट वित्न नपाउँदै गोर्खा ब्वाईजका सुमित खड्काले गरेको गोलले गोर्खा ब्वाईजको गोलअन्तर दोब्बर बन्यो । सुन्दर अवसर पाएपनि उदयपुरले गोल फर्काउन नसकेपछि गोर्खा ब्वाईजले खेल आफ्नो पक्षमा पा¥यो । टिमका लागि २ गोल गरेका गोर्खा ब्वाईजका यानिक म्यान अफ दि म्याच घोषित भए ।
शनिबार हुने पहिलो सेमिफाईनलमा आयोजक भोजपुर र डिफेन्डिङ च्याम्पियन गोर्खा ब्वाईज रुपन्देहीविच हुनेछ । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगितामा राष्ट्रिय र अन्र्तराष्ट्रिय गरी विभिन्न ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पुरस्कार जित्नेछन् ।

 

बलका लागि संघर्ष गर्दै गोर्खा ब्वाईज (निलो) र उदयपुर (रातो) का खेलाडी । तश्विर, प्रदीप चन्द्र राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार