
लन्डन । लेखक तथा पत्रकार विश्वास दीप तिगेलाद्धारा लिखित ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका पुस्तकको विमोचन भएको छ । आइतवार बेलायतको अल्डरसर्टस्थित बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले एक समारोह बीच सो पुस्तकको विमोचन गरेका हुन ।
क्यान्टवरी यूनिभर्सिटीबाट राजनीशास्त्रमा डिग्री र अन्तर्राष्ट्रिय सम्बन्धमा माष्टर्स डिग्री गरेका तिगेलाले माष्टर्स डिग्रीको निमित्त तयार गरि बुझाएको शोधपत्रलाई नै पुस्तकको रुपमा इण्डिपेन्डेन पब्लिकेशन बेलायतले प्रकाशन गरेको हो ।
पुुस्तकमा चाइनालाई घेर्ने पश्चिमा रणनीति जारी रहेको बखत तिगेलाले चाइनाको तिब्बेत समस्या, सिंज्याङ प्रान्तको उहिगुर मुस्लिमहरु माथिको दमन, ताइवान समस्या, हङकङ समस्या र दक्षिण चीनको सामुन्द्रिक झगडाको बारेमा पनि छन । विश्वलाई प्रभाव पार्ने चाईनीज प्रोजेक्ट वेल्ट एण्ड रोड इनिसिटीव, वल्र्ड बैंक र आईएमएफ मार्फत जारी पश्चिमाहरुको प्रभावलाई निस्तेज गर्न बनेको व्रिक्स एलायन्स, चीन र रसिया बीचको सैनिक हतियार विकासमा भएको दुई देशको सम्झौता र प्रगति, चाइनीज सरकारको राजनीतिक संरचना संरचनाहरु पनि पुस्तकमा समावेश छन ।
पुस्तकमा चाईनीज कम्युनिष्ट प्रणालीको प्रकृति, चाईनीज सरकारले चीनका आदिवासी जनजातिहरुलाई दिने हक अधिकार र सेवासुविधा, चाईनीज राजनीतिक पिता माउत्सेतुङ, चाईनीज अर्थतन्त्रका पिता दाउसेपिङ र हालका चाईनीज राष्ट्रपति सि जिङपिङले प्रतिपादन गरिएको भनिएको चीनिया विशेषताको समाजवादको बारेमा लेखक तिगेलाले समेटेका छन ।
चाईनीज नेता माओत्सेतुङले भनेका थिए शक्ति बन्दुकको नालबाट निस्कन्छ, तर त्यसको ठिक विपरित चाईनीज शक्ति सावल र सिमेन्टबाट निस्किएको टिप्पणी गरेका छन ।
संरचना निर्माण गर्ने शक्तिकै कारण सिंगो अफ्रिका, ल्याटिन अमेरिका र आंशिक एसिया चीनको पछि लागेका छन तथापी चीनको प्रभाव रोक्न र सीमित भूमिकामा राख्न अमेरिका लगायत सिंगो पश्चिमा लगायत फाइभ आई मुलुकहरु हरसम्भव तिकडम गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर अरुदेशको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने जस्ता एक्लोपने चिनियाँ परराष्ट्र नीतिको कारण अहिले नै चीनले अमेरिकाको अन्तराष्ट्रिय भूमिकालाई प्रतिस्थापन गर्न नसक्ने तिगेलाको निक्र्याैल छ । तर केही समय पछाडी भने सो सम्भवलाई नकार्न नसकिने लेखेका छन ।
लेखक तिगेलाले सो समारोहमा अन्य मुलुकमा आदिवासी जनजातिहरुको हकअधिकारलाई कसरी संवैधानिक रुपबाट सुरक्षित र ब्यवस्थित गरिएको छ भन्ने बारेमा चीन, क्यानडा र भारतको ब्यवस्था बारेमा प्रिजेन्टेशन गरेका थिए ।







