चट्याङ परिरहेका बेला नुहाउनु हुँदैन, भाँडा माझ्नु हुन्नँ : यस्तो छ वैज्ञानिक कारण

नेपालमा गर्मी अत्यधिक छ, वर्षा पनि भइरहेको छ । यस्तै, चट्याङ पनि परिरहेको छ । यस्तोमा चट्याङबाट कसरी बच्ने भन्ने केही कुरा तपाईंलाई थाहा हुनुपर्छ । विश्वभरी हरेक वर्ष करिब २४,००० मानिसले चट्याङका कारण ज्यान गुमाउँछन् । यस्तै २ लाख ४० हजार घाइते हुन्छन् ।

 

हावाहुरी चलेका बेला र चट्याङ परिरहेका बेला रुख मुनी वा ढोका नजिक नबस भनेर आमा–बुवा, हजुरआमा–बुवालगायतले भन्नुभएको त सुन्नुभएकै होला । तारयुक्त फोनमा पनि कुरा गर्न नहुने कुरा पनि तपाईंलाई थाहा होला (मोबाइल फोन सुरक्षित छ) । तर यतिबेला तपाईंले नुहाउन नहुने र भाँडासमेत माझ्न नहुने कुरा भने तपाईंलाई थाहा नहुन सक्छ । यो बुझ्नका लागि तपाईंले सुरुमा चट्याङ र बिजुलीले कसरी काम गर्छ भनेर थाहा पाउनुपर्छ ।

 

दुई आधारभूत तत्वका कारण बादल गर्जिन्छ – आद्रता र बढ्दो तातो हावा । यी दुबै गर्मीमा सँगसँगै चल्दछन् । उच्च तापक्रम र आद्रताले ठूलो मात्रामा आद्र हावा सिर्जना गर्दछ जुन वायुमण्डलतर्फ अघि बढ्छ, जहाँ यो चट्याङमा परिणत हुनसक्छ ।

 

बादलमा अत्यधिक पानी र बरफका थोपा हुन्छन् र जब यी एक आपसमा ठोक्किन्छन् तब बिजुली पैदा हुन्छ । पानीका थोपाहरु झरिरहेका बरफका थोपासँग ठक्कर खान्छन् र त्यसमा नेगेटिभ चार्ज प्रवाह हुन्छन् र आफूमा पोजेटिभ चार्ज ।

 

जब गर्जनसहित वर्षा हुन्छ, त्यो बादल भान डि ग्राफ जेनेरेटर झैँ काम गर्छ जसले बादल भित्र ठूलो परिमाणमा पोजेटिभ र नेगेटिभ चार्जलाई अलग पार्छ ।

 

गर्जिने बादल पृथ्वीको सतह माथिबाट गुज्रिन्ट त्यसले जमिनमा एक विपरित चार्ज उत्पन्न गर्छ । जसका कारण जमिनतर्फ बिजुली वा तीब्र प्रकाश प्रहार गरिरहेको देखिन्छ । आफ्नो ऊर्जा सन्तुलित गर्नका लागि यसले पोजेटिभ र नेगेटिभ इलाकाको बीच ऊर्जा उत्सर्जन गर्दछ ।

 

यो उत्सजर्नको मार्ग प्रायः कम प्रतिरोधी भएको क्षेत्र रहन्छ । त्यसैले धातु जस्ता कन्डक्टिभ चिजमा चट्याङ पर्ने सम्भावना धेरै हुन्छ । त्यसैले चट्याङ पर्दा घरभित्र जानु नै राम्रो हो । यद्यपि, यतिबेला घर नै पूर्ण रुपमा सुरक्षित हो भन्ने पनि होइन । भित्र पनि यस्ता धेरै कुरा हुनसक्छन् जुन बाहिरको वातावरणजस्तै खतरनाक हुन्छन् ।

 

किन नुहाउनु हुँदैन ?

यदि तपाईं वर्षा भइरहेका बेला बाहिर नुहाइरहनुभएको छ भने वा पानीमा भिजिरहनुभएको छ भने तपाईंमाथि चट्याङ पर्ने कुनै डर छैन । तर यतिबेला तपाईं घर भित्रै नुहाइरहनुभएको छ भने यसले ठूलो क्षती निम्त्याउन सक्छ ।

 

पाइपमा धातुका तार वा पानी जस्ता चिजले चट्याङलाई जमिनमा यात्रा गर्नका लागि एक सुविधाजनक बाटो दिने गर्छ । र नुहाइरहेका बेला पानी र धातु दुबै हुन्छन्, यसले चट्याङलाई एक आदर्श मार्ग बनाइदिने गर्छ ।

 

यस्तोमा नुहाउनु निकै खतरनाक हुन्छ । त्यसैले यदि बादल गर्जिरहेको छ, बिजुली चम्किरहेको छ भने घरभित्र पानीको काम नगर्नुहोस् । भाँडा माझ्ने, लुगा धुने पनि नगर्नुहोस् ।

 

त्यस्तै चट्याङ परेका बेला कंक्रिटको पर्खालमा अडेस लागेर बस्नु पनि हुँदैन । कंक्रिट कन्डक्टिभ होइन तर पनि यसभित्र फलामे छड राखिएका कारण यसले बिजुली प्रवाह गर्ने सम्भावना हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार