पहिचान पुरस्कार २०७८ का लागि उत्कृष्ट ६ पुस्तकहरु छनौट

लन्डन । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले २०७८ का लागि उत्कृष्ट ६ वटा पुस्तकहरु छनोट गरेको छ । जसमा उत्कृष्ट छनौट गरिएका पुस्तकहरु महाभाराः बसन्त बस्नेत, चिबेचराः केशव सिलवाल, गुरुः कविता राई, सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोटः अर्जुनबाबु माबोहाङ र अमित थेवे, ताल्चाः दिलीप बान्तावा र दुङाल– मालीका केशरीको रहेको छ ।

 

७ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भएको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त रुपमा प्रदान गरेको छ ।

 

त्यसै गरी श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदमलाई पनि संयुक्त रुपमा पहिचान पुरस्कार प्रदान गरिएको छ । पुरस्कार राशी ४ लाख दुई हजार दुई रुपैया रहेको छ । प्रत्येक वर्ष पहिचान पुरस्कारको घोषणा पौष महिना हुने कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार