१६ डिसेम्बरमा लन्डनस्थित नेपाली म्युजिक फेस्टीवल हुदै

लन्डन । बेलायतको लन्डनस्थित नेपाली म्युजिक फेस्टिवल हुने भएको छ । यही आउँदो १६ डिसेम्बरमा लन्डनको हेरो लिजर सेन्टर स्थित नेपाली म्युजिक फेस्टिबल हुने भएको हो ।

 

म्युजिक फेस्टिवल बेलायतमा क्रियाशिल समुह किज सक्सेस, जि नाइन, हेभ मुभमेन्ट र आइसक्रिम मेनको आयोजनामा हुन भएको छ । म्युजिक फेस्टिबलमा चर्चित गायक सविन राई र उनका फारो व्यान्ड, चर्चित गायिका तिष्णा गुरुङ, गायक एकदेव लिम्बु, बेलायतको स्थानीय नेपाली लय व्यान्ड र डिजे साकाजीको प्रस्तुती रहने भएको छ ।

 

परोपकारी सेवा गर्ने उद्देश्यसहित नेपाली म्युजिक फेस्टिबल गर्न लागिएको किज सक्सेसका सभापति विशाल राईले बताए । म्युजिक फेस्टिबलबाट संकलन भएको रकम परोपकारी सेवामा खर्च गरिने पनि सभापति राईले बताए ।

 

बेलायतमा नेपाली गीत संगीत प्रर्वद्धन, सामाजिक सेवा र मनोरञ्जन दिने अभिप्रायका साथ आयोजक ग्रुप संस्थाहरुले प्रत्येक बर्ष यसरी नै विविध कार्यक्रम गर्दै आएको छ । बेलुकी सम्पन्न हुने म्युजिकल फेस्टिबलमा बेलायतका हजारौ संख्यामा नेपाली दर्शक आउने अपेक्षा गरिएको छ । नेपाली म्युजिक फेस्टिबलका लागि टिकट वितरण समेत भइरहेको आयोजक संस्थाहरुले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार