आदोलनमा जाने सत्याग्रहको घोषणा, आन्दोलन विरोध गर्ने विरुद्ध भण्डाफोर

लन्डन । बेलायत सरकारले आफ्ना मागहरु पुरा गर्न उदासिनता देखाएको भन्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरु पुनः आन्दोलनमा जाने भएको छ । चरणबद्ध रुपमा बार्ता गरेर मागहरु पुरा गर्न बेलायती पक्ष तयार नभएपछि गोर्खाहरु पुन आन्दोलनमा जाने भएको हो ।

 

२०२१ को ६ अगष्ट देखि १९ अगष्टसम्म को १३ दिने आमरण अनसनपछि बेलायत सरकार गोर्खाको मुद्दाबारे बार्ता गर्न तयार भएको थियो । आमरण अनसनको अन्त्यपछि लामो समयको छलफल र तयारीपछि ७ चरणमा बेलायती पक्षसंग बार्ता भएपनि बार्ताले कुनै ठोस निष्कर्ष निकाल्न सकेन । बार्ताले ठोस परिणाम दिन नसक्ने निष्कर्ष निकाल्दै आन्दोलनको प्रमुख घटक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति आन्दोलनमा जाने पक्षमा पुगेको छ । चरणबद्ध रुपमा भएको बार्ताले कुनै निष्कर्ष निकाल्न नसक्ने भन्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सम्पुर्ण गोर्खाहरुलाई आन्दोलनमा जान तयार हुनका लागि आब्हान गरेका छन ।

 

 

अब गरिने आन्दोलन वार पारको लडाई हुने गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले प्रस्टाएको छ । आइतबार गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले लन्डनमा पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनमा जाने घोषणा सार्वजानकि गर्दै आन्दोलनमा जाने जानकारी दिएको छ । आन्दोलन कहिले कुन मिति कसरी गर्ने भन्ने प्रष्ट नखुलाएपनि गोर्खाहरुको माग पुरा गर्ने गरी आन्दोलन गर्ने जनाएको छ ।


सम्भावित आन्दोलनको कदमका लागि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आन्तरिक रुपमा ‘वार्मअप’ सुरु गरेको छ । आन्दोलनको स्वरूप, चरण र कार्यक्रम भने सत्याग्रहले बाहिर ल्याइसकेको छैन । बार्ताले कुनै निष्कर्ष दिन नसक्ने भन्दै बार्ता भनेर अलमल गर्ने ठाउँ नरहेको उनीहरुको निष्कर्ष छ ।

 

पत्रकार सम्मलेनमा विगतको भएको आन्दोलनको समिक्षाको जानकारी दिदै सत्यग्रहले आमरण अनसन हुदै अहिले सम्मको बार्ता सम्मको चरणसम्म आइपुग्दा धेरै चलखेलहरु भएको पनि बताएका छन । बार्ता सफल हुन्छ भनेर केही नेम र फ्रेममा काम गर्ने संस्था र व्यक्तिहरुले बार्ताको एजेन्डादेखि नै भाँडने काम गरेको सत्यग्रह संयुक्त संघर्ष समितिका संयोजक कुष्णबहादुर राईले दुखेसो पोखे ।


‘आन्दोलन सत्याग्रहको व्यानरबाट सम्पन्न भयो । तर बार्तामा बस्ने बिषयमा आन्दोलनको विरोध गर्ने संस्था र व्यक्तिहरु हावी हुन खोजे, संयोजक राईले भने, ‘ बार्तालाई असफल बनाउन चलेखेल मात्रै भएको छैन, गोर्खा आन्दोलनलाई धुलिसात बनाउन खोजियो, त्यसैले अहिलेको बार्ता उपलब्धीमुलक बन्ने सकेन ।’


सत्याग्रहले आन्दोलन र बार्ता भाँडने संस्था र व्यक्तिको नामै किटेर उनीहरुको भण्डाफोर पनि गरे । विर्सजन भएको आन्दोलन सत्याग्रहले उठायो । आन्दोलनमा सहभागी नहुने संस्था र व्यक्तिहरुले विभिन्न चरणमा चलखेल गरेर आन्दोलनलाई उपलब्धी हुने दिइएन, सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव सइन्द्र केसीले भनिन् ।

 

सत्याग्रहले आमरण अनसन बसेको दुई अनसनकारी सचिव धनबहादुर गुरुङ र सल्लाहकार पुष्पा राणा घलेलाई संस्थाबाट निकासन गरेको छ । संस्थाविरुद्ध गतिविधि गरेको, आमरण पश्चात राजनीतिकरण गरेको, राजनीतिक पार्टीको प्रचारप्रसार गरेको, बार्तामा सहभागी हुन नपाए मद्दा लगाउने धम्की दिएको, जातीय कुरा गरेको, गेसोलाई उक्साएको, सत्याग्रह केही पनि होइन भनी जीटेनलाई उक्साएको लगायत आरोपमा निस्कासन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार