देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन

जेन-जी पुस्ताका युवाहरूले सोमबार देशका मुख्य सहरमा प्रदर्शन गरिरहेका छन् । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा युवाहरूले देशैभरीका मुख्य सहरमा प्रदर्शन गरेका हुन् ।

 

युवाहरूले राजधानी काठमाडौँ बाहेक इटहरी, नेपालगन्ज, बुटवल, पोखरा, कञ्चनपुर, विराटनगर, हेटौँडा लगायतका मुख्य सहरहरूमा यतिबेला प्रदर्शन गरिरहेका छन् ।

 

‘नेपो बेबिज’ नारामा जेनजी पुस्ताले गरेको प्रदर्शन राजधानीमा प्रदर्शन नियन्त्रण बाहिर जाँदा कर्फ्यु लगाएको छ । बुटवलमा हजारौँ युवाहरूले यतिबेला मोटरसाइकल र्‍याली सहित प्रदर्शन गरिरहेका छन् भने पोखरामा पनि हजारौँको सङ्ख्यामा युवाहरू सडकमा उत्रिएको देखिन्छ ।

 

कञ्चनपुरमा प्रदर्शन गरेका युवाले बिपिन जोशीको रिहाइको माग सहितका नारा लगाएका छन् भने दाङको घोराहीमा पनि हजारौँ युवा सडकमा निस्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार