माओवादीको बेलायत प्रवास संगठनबाट ३ जनाको उम्मेदवारी सिफारिश

लण्डन । माओवादी केन्द्रको प्रवास समन्वय समिति अन्तर्गतको जनप्रगतिशिल मञ्च बेलायतले आगामी प्रतिनिधिसभा उम्मेदवारीका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

मञ्चले भर्खरै बसेको बैठकले प्रतिनिधिसभाका लागि तीन जनाको नाम सिफारिस गरेको हो । मञ्चले २ जना समानुपातिक र १ जना प्रत्यक्षमा सिफारिश गरेको छ । समानुपातिकबाट सिफारिश हुनेहरुमा प्युठानका मानबहादुर गुरुङ र चितवनका कपिल श्रेष्ठ नाम सिफारिश गरेको छ । त्यसैगरी प्रत्यक्षबाट काठमाडौं १ का लागि काभ्रेका नविन स्याङतेन सिफारिश भएका छन ।

 

बेलायतलाई कर्मथलो बनाएर आफ्नो देशमा केही गर्छु भन्ने इच्छा र चाहाना गर्नेहरुको नाम सिफारिश गरिएको मञ्चका महासचिव विमला लिम्बुले बताइन । गोर्खा भूतपूर्व मानबहादुर गुरुङ माओवादीको प्रवास कमिटी जनप्रगतिशिल मञ्च बेलायतका अध्यक्ष हुन । नविन स्याङतान जनप्रगतिशिल मञ्च बेलायतका उपाध्यक्ष हुन ।

्मञ्चले यसरी सिफारिस गरेर पठाएका नामहरु माओवादी केन्द्रले समानुपातिकको बन्द सूचिमा समावेश गरी निर्वाचन आयोग समक्ष पेश गर्ने महासचिव लिम्बुले बताइन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार