
लन्डन । नेकपा माओवादीको प्रवास संगठन जनप्रगतिशिल मञ्च साइप्रसको अध्यक्षमा काजीमान राई निर्वाचित भएको छ । शनिवार २२ अक्टोवरमा सम्पन्न अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएको हो ।
मञ्चको उपाध्यक्षहरुमा दादिकी शेर्पा, प्रमिला राई र फुल्लाह शेर्पा निर्वाचित भएको छ भने महासचिवमा अनु लामिछाने र सचिवमा गोमा राई निर्वाचित भएकी छिन । कोषाध्यक्ष बिष्णुकुमारी थिङ र सह–कोषाध्यक्षमा पञ्चमाया शेर्पा निर्वाचित भएकी छिन ।
त्यसैगरी सदस्यहरुमा जुनकला राई, पञ्चमाया शेर्पा, कल्पना अधिकारी, फुर्मी शेर्पा, तारा पुन मगर, रमादेवी पौडेल, सरिता तामाङ, सरिता राउत, शोभा लिम्बु, बेवीकुमारी तामाङ, आसा राई, शशीकला राई, सेन्दाहाङ्ग चेम्जोङ, बिनिता राई, जुनु राई, पार्वती राई, बिनिता राई निर्बाचित भएका छन ।
जनप्रगतिशिल मञ्च साइप्रस प्रवास शाखा सन २०१६ देखि रमिला राईको अध्यक्षतामा कृयाशील बन्दै आएको थियो । हाल मञ्चको तेस्रो अधिवेशन हो । अधिवेशन भर्चुअल माध्यमबाट दिउँसो १२ बजेबाट साँझ ५ बजेसम्म सम्पन्न भएको थियो । अधिवेशनमा साइप्रसमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेका थिए भने उपस्थित भएका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।








