किरात राईहरुले यसबर्ष ‘‘उभौली साकेला’’ भर्चअलको माध्यमबाट मनाए्

लण्डन । कोभिड–१९ बाट सिर्जना भएको असहज परिस्थितीको बाबजुत बेलायतमा बस्ने किरात राईहरुले यसबर्षको आफ्नो महान चाड ‘‘उभौली साकेला’’ भर्चुअलको माध्यमबाट मनाएका छन ।

 

किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको आयोजनामा ३० मे मा संसारभरीका किरात राईहरुको उपस्थितीमा भर्चअलको माध्यममबाट शुभकामना आदनप्रदान गर्दै उभौली साकेला मनाएका हुन ।

 

किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका अध्यक्ष दिवस राईको प्रमुख आतिथि, नेपाल आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार र किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका पुर्व अध्यक्ष डा सुमाया राई विशेष अतिथिको रुपमा उपस्थिती रहेको थियो ।

अतिथिमा किरात राई यायोक्खा इजरायलका संस्थापक पूर्ब अध्यक्ष तथा संरक्षक कुमार साम्पाङ राई, किरात राई यायोक्खा मकाउका बरिष्ठ उपाध्यक्ष मंगोल राई, किरात राई यायोक्खा मलेसियाका अध्यक्ष युबराज साम्पाङ, किरात राई यायोक्खा कतारका अध्यक्ष बिमल राई, यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीकाका अध्यक्ष मुना राई, किरात राई यायोक्खा नेपालको बिदेश बिभाग सदस्य दिलीप राईको पनि उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा सिक्किमबाट अखिल किरात राई संघ सिक्किमका अध्यक्ष डा. सिव कुमार राई, सिक्किम माङखिमका अध्यक्ष मोहन दुङमाली राई, माङखिम समिति बेलायतका किवाहाङं राई, डा. मुलबिर राई, डा. प्रमोद कोयी, गैरआवसीय नेपाली संघ बेलायतका केन्द्रीय अन्तराष्ट्रिय समन्वय परिषद सदस्य सुशिला राई र किरात राई यायोक्खा हङकङका पूर्ब अध्यक्ष नरहाङ राईको पनि उपस्थिती रहेको थियो ।

 

साथै किरात याक्थुम चुम्लुङ, सुनुवार, वेलफेर सोसाईटी बेलायत, आदिबासी जनजाति महिला महासंघ, गोर्खा समाज यूकेको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य तथा साकेलाको महत्वको बारेमा संस्थाका उपाध्यक्ष प्रेम राईले जानकारी गराएका थिए । जानकारी दिने क्रममा साकेलामा चुलाको पुजा किन गरिन्छ र यसको महत्व बिषयमा संरक्षक दिल राईले जानकारी दिएका थिए ।

 

कार्यक्रममा यसबर्ष प्रत्यक्ष उपस्थित भएर चुला पुजा गरिएको दृश्य र अघिल्लो बर्ष सम्पन्न साकेला नृत्यको दृश्य उपाध्यक्ष मेजर योगेश राई र रिटायर्ड मेजर भूपजीत राईबाट भर्चुअल रूपमा देखाईएको थियो । कार्यक्रममा किराती बाजाहरू बिनायो र मुर्चुङ्गांको मिठो लय माङखिम व्यवस्थापन समितिका उपसंयोजक छेत्राकला राईले र कवि तथा गजलकार सिमन्त राईले बासुरीको धुन सुनाएका थिए ।

 

कार्यक्रमा बरिष्ठ गायक, संगीतकार तथा संस्कृतिकर्मी जितेन राई, किरात राई यायोक्खा नेपालका उपाध्यक्ष टिकासरी साम्पाङ, महासचिव जनक राई साथै किरात राई यायोक्खा बेलायत अन्र्तगत रहेका प्रारम्भिक कार्य समितिका अध्यक्ष, भाषिक संस्थाका अध्यक्ष, माङखिम व्यवस्थापन समितिका बोर्ड अफ डाइरेक्टर, संरक्षक, सल्लाहकार, कलाकार संघले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रममा बोल्दै किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष दिवस राईले बिश्वमा रहेको सम्पूर्ण किरात राईहरुलाई एकथलोमा ल्याउने कार्य गरेकोमा किरात राई यायोक्खा बेलायतलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमले भर्चुअलको माध्ययमबाट सबैलाई एक ठाउँमा जोड्ने प्रयास भएको पनि अध्यक्ष राईले बताए ।

कार्यक्रममा संसारभरी छरिएर रहेका किरात राईहरु एकताबद्ध भई किरात संस्कार, सस्कृति र भाषाहरूको संरक्षण र बिकासको निम्ति संयुक्त रूपमा पहल कसरी गर्ने सकिन्छ भनेर बृहत छलफल गरिएको थियो ।

 

कार्यक्रममा जुमको प्राबिधिक जिम्मा उपाध्यक्ष मेजर योगेश राई, कार्यक्रमको संयोजन उपाध्यक्ष रिटायर्ड मेजर भूपजित राई र सञ्चालन कार्यवहाक महासचिव किसन राईले गरेका थिए । कार्यक्रमको अन्त्यमा किरात राई यायोख्या केन्द्रीय कार्यसमिति बेलायतका अध्यक्ष कल्पना राईले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार