
लन्डन । गैरआवसीय नेपाली संघ (एनआरएनए) बेलायतको आसन्न निर्वाचनमा अध्यक्षकी प्रत्यासी रोजिना प्रधान राईले चुनावी अभियानलाई तीव्रता दिएकी छिन । राईले आइतबार बेलायतमा गुरुङ समुदायका अग्रज लगायत बिभिन्न संघ संस्था प्रतिनिधिहरुसंग भेटघाट गरी समर्थनका लागि अनुरोध गरेकी छिन । राईले अल्डरसर्टस्थित एम्पायर हलमा भेटघाटको कार्यक्रम आयोजना गरी आफ्नो उम्मेदवारीमा साथ दिन अनुरोध गरेकी हुन ।
बेलायत सरकारले जारी गरेको कोभिड १९ नियमको परिधिभित्र रहेर आयोजना गरिएको कार्यक्रममा सीमित व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्षका प्रत्यासी रोजिनाले चुनावी एजेण्डा प्रस्तुत गर्दै तमु समुदाय लगायत बिभिन्न संघ संस्थाको समर्थन र सहयोगका आशा अपेक्षा राखेकी थिइन ।
राईले बेलायतमा बस्ने सबै नेपालीहरुलाई समेट्दै साझा, विश्वासिलो, भरपर्दो र सु:खदु:खमा साथ दिन सक्ने संस्था निर्माण गर्न, भूतपूर्व गोर्खा मुद्दालाई तार्किक निष्कर्षमा पर्ुर्याउन; नेपालमा रहेको सम्पत्तिको सुरक्षाको प्रत्याभूति, नेपालीहरुलाई मातृभूमिसंग जोड्न; नेपाली नागरिकताको ग्यारेण्टी गर्न; संस्थालाई युवा तथा महिलामैत्री बनाउदै पारदर्शिता, आत्मनिर्भर र समाबेशी बनाउन जस्ता महत्वपुर्ण आफ्ना चुनावी एजेन्डाहरु प्रस्तुत गरिन ।
उनले अध्यक्ष पदमा विजयी भए मातृभूमि र वेलायतका नेपालीहरुलाई आबश्यक पर्दा सहयोगका लागि वृहत आपतकालीन कोषको स्थापना गर्ने, गैरआवासीय नेपाली संघ बेलायतको शाखा अभिवृद्धि गर्ने, आपसी सद्भाव र भाईचारालाई जोड दिने, वर्तमान नेतृत्वका अधुरा योजनाहरु पुरा गर्ने, अग्रजहरुको सपना नेपाल हाउस लगायतका प्रोजेक्टहरु साकार पार्ने , सम्पूर्ण संघ–संस्थाहरुसंगको सहकार्य, सह–अस्तित्व र समदुरीमा स्वच्छ, मेलमिलाप र आत्मिय समाज निर्माण गर्न पहल गर्ने, एनआरएनए बेलायतलाई पूर्ण कानूनी संस्थाका रुपमा स्थापित गर्ने, संघमा प्रशिक्षण, कानून, व्यापार जस्ता अलग अलग विभाग गठन गरि संस्थालाई फराकिलो र प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेकी थिइन् ।
प्रत्युत्तरमा सहभागी अग्रजहरुले उहांको भिजनको प्रसंसा गर्दै, सशक्त टिम बनाएर अगाडि बढनको लागि समर्थन र शुभकामना दिनुभएको जानकारी गराउनु भएको छ ।
अल्र्डरसट र पिटरबरोमा तीनवटा कार्यालय सञ्चालन गरी सदस्यता वितरण कार्यक्रमलाई तिब्रता दिईरहेकी राईले करिब ३ हजार ३ सय जनाले आवेदन दिएकोमा ६० प्रतिशत भन्दा बढी सदस्य आफ्नो रहेको र सदस्य बनाउने क्रमलाई अझ तिब्रता दिईरहेको जानकारी समेत दिइन ।
अघिल्लो निर्वाचनमा उपाध्यक्षमा अत्यधिक मत ल्याएकी रोजिनालाई तमुधिं युकेको विशेष साथ थियो । महिला भएर पनि समाजसेवामा रोजिनाको अग्रसरता, सालिनता एवं दुरदर्शीताका कारण नेपाली समुदाय प्रभावित भएको सहभागीहरुको धारणा थियो । उक्त कार्यक्रममा ‘फुटेर होइन्, जुटेर’ समाज रुपान्तरणमा लाग्न अग्रजहरुले सुझाव दिएका थिए ।
तमुधिं यूके अध्यक्ष हितकाजी गुरुङ, सहारा यूके अध्यक्ष कुमार गुरुङ, तमुधिं यूके उपाध्यक्ष जुमकाजी गुरुङ, कोल्मा बहाकोट यूके अध्यक्ष सहारा एफसी अध्यक्ष कृष्ण गुरुङ, स्याङ्जा समाज युकेका अध्यक्ष सारदा गुरुङ, तमुधिं यूके सल्लाहकार एवं विधान मस्यौदा समितिका संयोजक एकेन्द्र गुरुङ, तमुधिं यूके पूर्व अध्यक्ष एवं ग्रेटर रसमोर नेपलिज कम्युनिटीको पूर्व अध्यक्ष सूर्जे (रामचन्द्र) गुरुङ, पासा पुच: गुथी यूके अल्डरसटका अध्यक्ष केशव श्रेष्ठ, जिपी श्रेष्ठ, आइडिया अफ वल्ड चियरमेन, तमुधिं यूके कोषाध्यक्ष कमल गुरुङ, व्यवसायी एवं अभियान्ता पशुपति पोखरेल, व्यवसायी गणेश गुरुङ, समाजसेवी शान्ता गुरुङ, किरात राई यायोख्या यूकेका सल्लाहकार एवं खोटाङका पूर्व जिल्ला सभापति रत्न राई, समाजसेवी हेम गुरुङ, युथ कोअर्डिनेटर राजेन्द्र गुरुङ, युथ मोबलाइजका सुवाष गुरुङ, एनआरएनए बेलायतका निर्वाचनमा युवा संयोजकका उम्मेदवार चन्दन गुरुङ, उपाध्यक्ष प्रत्यासी पवन शर्मा, महिला उपाध्यक्ष प्रत्यासी सरस्वती केसी, एनआरएनए यूके पूर्व उपाध्यक्ष हिराधन राई लगायतको सहभागिता थियो ।
कार्यक्रममा अन्य प्रत्यासीहरु युवा संयोजकका उम्मेदवार चन्दन गुरुङ, पवन शर्मा र सरस्वती केसीले समेत आफ्नो भिजन प्रस्तुत गर्नुभएको थिए ।








