नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा कर्मा पहाडी

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको चौथो अधिवेशनबाट कमानसिङ कर्मा पहाडी शेर्पा अध्यक्षमा निर्वाचित भएका छन । शनिवार भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनबाट पहाडी शेर्पा निर्वाचित भएका हुन ।

११ वटा संस्था सहभागी अधिवेशनमा ६ संस्थाको भोट प्राप्त गरि शेर्पा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी धन रोगुलाई ४ संस्थागत भोट प्राप्त गरेका थिए । बेलायतमा स्थापित ११ वटा संस्थाहरु महासंघमा आवद्ध छन् ।

 

पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षद्धय लिला सेलिङ माबो, सरला रानामगर, सचिव विमला कुमारी राई र सदस्यहरुमा क्रमश: विष्णु जिमी, हिमाना दुरा, इन्द्रजंग दुरा, अभिषेक सुनुवार, देबेन्द्र आङबो, शान्त शेर्पा, गनवीर थापामगर, रेन्जी शेर्पा लामा चयन भएका छन ।

अधिवेशनमा सहमतिको प्रयास सफल हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो । निर्वाचन परिणाम घोषणा लगतै अध्यक्ष लगायत निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक भक्त दुराले सपथ ग्रहण गराएका थिए । निर्वाचन मण्डलका सदस्यद्वय धर्म तामाङ र थर्क रानाले मतदानको टेक्स प्राप्त गरेका थिए । अधिवेशनमा मोबाइल टेक्स्ट मार्फत मतदान गराइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार