किरात राई यायोक्खा लण्डनको पाचौं अधिवेशन सम्पन्न

लण्डन । किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशन सम्पन्न भएको छ । आईतबार लण्डनको नर्थहोल्डस्थित सोसियल क्लव सम्पन्न भएको हो ।

अधिवेशनले विमलाकुमारी राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षहरुमा नवलक्ष्मी राई र पुरु राई चयन भएका छन भने सचिवमा किरण राई सहसचिवहरुमा सीमा राई र जोशन राई चयन भएका छन । सर्वसम्मत रुपमा निर्वाचित भएको समितिको कोषाध्क्षमा योजन राई र सहकोषाध्यक्षहरुमा अञ्जना राई र सन्दीप राई निर्वाचित भएका छन । सदस्यहरुमा वेगाहाङ राई, सोनाहाङ राई, सुरेशकुमार राई, कशिस राई, मनिकला राई, मीनु राई, सुकमाया लिम्बु राई, रमना राई, कुमार माङपाहाङ राई, निलम राई र सुनिल राई निर्वाचित भएका छन ।

 

निर्वाचित हुने कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकारी ज्ञानबहादुर राईले पद तथा गोपनियताको सपथ खुवाएका थिए । प्रत्येक तीन बर्षको अवधिमा हुने अधिवेशनमा नयाँ नेतृत्व चयन गर्दै आएको छ ।

 

अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको अध्यक्ष कल्पना राई, विशेष अतिथिमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पुर्व अध्यक्ष डा. सुमाया राई र अतिथिहरुमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका पुर्व कार्यवहाक अध्यक्ष ज्ञानबहादुर राई, किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका उपाध्यक्ष मेजर योगेश राई र संरक्षक दिलमान राई रहेका थिए ।

 

उद्घाटन सत्रमा सम्बोधन गर्दै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतका अध्यक्ष तथा प्रमुख अतिथि कल्पना राईले किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनले गर्दै आएको गतिविधिहरुको प्रशंसा गर्दै अधिवेशनको सफलताको शुभकामना दिनु भएको थियो । अधिवेशनबाट आउने नेतत्वले किरात राई यायोक्खा बेलायतको खम्बाको रुपमा रहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

 

उद्घाटन सत्रमा किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनद्धारा प्रकाशित लेखक तथा साहित्यकार नरेश काङमाङद्धारा राई जातीभित्रको विभिन्न भाषीहरुको जन्मदेखि मृत्यु संस्कार सम्बन्धी लिखित ‘साखुङबारा’ पुस्तकको विमोचन समेत गरिएको थियो । प्रमुख अतिथि कल्पना राई र विशेष अतिथि डा. सुमाया राईले संयुक्त रुपमा गर्नुभएको थियो ।

 

शुभकाना मन्तब्य राख्ने क्रममा विशेष अतिथि डा. सुमाया राईले साखुङबारा पुस्तकको बारेमा पनि छोटो चर्चा गर्नुभएको थियो । डा राईले साखुङवारा किरात राईहरुको संस्कार संस्कृतिको खोज अनुसन्धान र अन्वेषणको ढोका खोलेको बताउनुभयो । साथै पुस्तकले अन्य लेखकहरुका लागि सन्दर्भ सामग्री समेत बनेको बताउनुभयो ।

 

उद्घाटन सत्रमा साखुङवारा पुस्तकका लेखक नरेश काङमाङले पुस्तकको बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो ।

अधिवेशनको बन्द सत्रको क्रममा सहसचिव किरण राईले प्रगति प्रतिवेदन र सहकोषाध्यक्ष योजन राई आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनको उद्घाटन सत्र किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनका अध्यक्ष रोमप्रसाद मुकारुङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष रोमप्रसाद मुकारुङ राईले मन्तब्य राख्ने क्रमममा संस्थाले गरेको महत्वपुर्ण कार्य र आगमी कार्यभारको बिषयमा जानकारी गराउनुभएको थियो । अधिवेशनमा ७० आजिवन र साधारण सदस्यहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार