
लण्डन । नेकपा माओवादीसम्बद्ध नेपाली जनप्रगतिशील मञ्च, बेलायतको दक्षिण पुर्व क्षेत्र कमिटीको अधिवेशन सम्पन्न भएको छ । मञ्चको मङ्गलबार प्लमस्टिडस्थित दक्षिण पुर्व कमिटिको अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले हरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको पहिलो क्षेत्रीय अधिवेशनले पौडेलको नेतृत्वमा ११ सदस्यीय कमिटि चयन गरेको हो । अधिवेशनले उपाध्यक्षहरूमा हरि अर्याल र माया केसी, सचिवमा अरुण थापा र कोषाध्यक्षमा हेमा थापा चयन गरेका छन । त्यस्तै अमर गुरूङ, प्रेम गुरूङ, नवराज थापा मगर, लाक्पा डोमा शेर्पा लामा, नन्द कुमारी गुरूङ र कल्पना गुरूङ शेर्पा लामालाई सदस्यमा चयन गरेका छन ।
जनप्रगतिशील मञ्च बेलायतका अध्यक्ष सुरेश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा कार्यक्रमको विशेष अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष एवम् पार्टीका बेलायत सल्लाहकार कर्मा पहाडी शेर्पा रहेका थिए । त्यस्तै, सङ्गठन विभाग प्रमुख मान बहादुर गुरूङ, महिला विभाग इञ्चार्ज विमला लिम्बु, युवा तथा विद्यार्थी इञ्चार्ज नविन स्याङ्तान, नेपाली जनसम्पर्क समिति यूकेका कोषाध्यक्ष कुश बस्नेतहरूको समेत उपस्थिति रहेको थियो ।








