• ओलीलाई रिहाइ गर्न अस्वीकार

    सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ। रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो।   न्यायाधीश मेघराज पोखरेलकोे एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका ...

  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

      पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेर पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो। उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थिय...

  • कानुनी परामर्शका लागि ओलीले बोलाए दुई वकिल

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक परामर्शका लागि कानुन व्यवसायीहरूलाई बोलाएका छन् । आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेपछि ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् । गुण्डुस्थित निवासमा ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् ।   उनीहरूसँग केहीबेर ओलीले परामर्श गर्ने नेताहरूले बताएका छन् । अह...

  • रमेश लेखक पक्राउ

     पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे ।   उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको ...

  • कान्छी सांसद रुबी ठाकुर गरिबी र विभेदका पर्खाल नाघेर संसदको रोस्ट्रमतर्फ

    २५ वर्षीया रुबीकुमारी ठाकुरको अहिलेसम्मको जिन्दगी अभाव र कठोर संघर्षमा बित्यो। धनुषाको मुजेलियाकी उनी कुनै दिन फाटेको युनिफर्म लगाएका कारण शिक्षकको गाली खान्थिन्।   तर, उनी इतिहास रच्दै प्रतिनिधिसभा सदस्य बनेकी छन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट संसद् छिरेकी उनी आज देशकै कान्छी सांसद हुन...

  • सभापतिबाट राजीनामा दिने गगन थापाको तयारी

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापाले पदबाट राजीनामा दिने भएका छन्। सभापति गगन थापाले सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापतिबाट राजीनामा दिने बताएका छन्।   नयाँ बानेश्वरमा भएकाे भेटवार्तामा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राज...

  • रवि र बालेनलाई मोदीको फोन, बधाई दिँदै मिलेर काम गर्ने आश्वासन

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग फोन वार्ता गरेको जानकारी दिएका छन् ।   फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दुवै नेता र रास्वपाको सानदार जित भएकोमा बधाई दिएको उनले सोमबार साँझ सामाजिक सञ्जालहरुमा उल्लेख गरे...

  • शेरधनलाई हराउने ध्रुर्वराज को हुन ?

    भोजपुर । ३ महिनाअघि मात्र एमाले छाडेर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा भित्रिएका भोजपुरका ध्रुवराज राईले आफ्नै पूर्वनेता हेभिवेट उम्मेदवार शेरधन राईलाई पराजित गरे । यो चुनावको ‘नयाँलाई रोज्ने’ देशव्यापी ट्रेन्ड, हर्क साम्पाङको क्रेज र ध्रुवलाई पालिका अध्यक्ष हुँदा गरेका काम, साधारण लवाइखवाइले फाइदा पुग...

  • भोजपुरकाे पहिलाे अपडेट: शेरधन राईभन्दा माटोका उम्मेदवार ७ मतले अगाडि

    भोजपुरको प्रारम्भिक मत परिणाम आएको छ । अरुण गाउँ पालिकाको १ र २ १९ सय ३५ मतको गणना सम्पन्न भएको छ । गणना भएको मत अनुसार श्रम संस्कृति पार्टीका ध्रुव राईले झिनो अग्रता लिएका छन् ।   उनले ४६७ मत पाएका छन् । यस्तै नेकपा एमालेका शेरधन राईले ४६० मत प्राप्त गरेका छन् । कांग्रेसका बालकृष्ण थापाले ३७० र रास्वपाक...

  • कांग्रेसको विस्तृत प्रतिज्ञापत्र सार्वजनिक

    नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।   कांग्रेसले घोषणापत्रलाई प्रतिज्ञापत्रको नाम दिएको छ। प्रतिज्ञापत्रमा कांग्रेसले भिजन १०...