‘विदेशीकी स्वास्नी –२’ मा लैङ्गिक विभेदको परिदृश्य

भोजपुर । सामाजिक कुरीतीलाई कलाकारितामा प्रस्तुत गर्ने भोजपुरे युवाशक्ति यतिबेला चलचित्र बनाउने होडमा छन् । स्थानियस्तरमै समसामायिक नेपाली समाजको घट्नाक्रमलाई आधार बनाएर भोजपुरे युवाकै सक्रिय निजी लगानी र परिश्रमलाई कलाकारितामा उतारेर समाज सामुन्ने सकरात्मक सन्देश पु¥याउने लक्ष्यले चलचित्र ‘विदेशीकी स्वास्नी—२’ को छायाँकंनमा निरन्तर दौडधुप गरिरहेका छन् ।

पटकथामा आधारित ‘विदेशीकी स्वास्नी २’ मा चर्चित गायिका मेलिना राई र पावल चाम्लिङ राईको स्वरमा सजिएको दुईवटा गितहरु समावेश गरिनेछन् । जसमध्ये ‘तल तल फुल्यो बेसीमा टोटोला’ बोलको म्यूजिक भिडियोमा मोडल नायिका एलिसा राईकोे नृत्य समेत रहको जनाईएको छ ।

विशेषतःसमाजमा हुने नारी–पुरुष, छोराछोरीमाथि हुने विभेदलाई चित्रण गरिएको विदेशीकी स्वास्नी—२ मा लैङ्गिक विभेदलाई मूख्य मुद्दा बनाईएको छ भने अन्य सामाजिक विभेद, सरकारी सेवामा आमनागरिकले भोग्नुपर्ने समस्या र नेपाली समाजको समसामायिक घटनाक्रमको विषयबस्तुलाई प्राथमिकतामा राख्दै चलचित्रको कथा चित्रण गरिएको कथा लेखक विरोध बस्नेतले जानकारी दिए । उनले भविष्यमा स्थानियस्तरबाटै सामाजिक विभेदीकरणको उन्मूलन गर्ने किसीमका विषयबस्तुलाई समेटेर युवापुस्ताको बलबुत्तामै स्थानियस्तरका चलचित्रलाई बढावा दिँदै जाने बताए ।
‘पहिलो चलचित्रबाट हामी भोजपुरे दर्शकको धेरै हौसला र माया पायौँ । आशा छ फेरिपनि आउने यो चलचित्रलाई माया गरि दिनुहुनेछ ।’ निर्देशक विनोद प्रधानले पहिलो चलचित्र स्मरण गर्दै ‘विदेशीकी स्वास्नी—२’ को छायाँकंनमा भोजपुरका रमणीय पर्यटकिय क्षेत्र सुन्तलेडाँडा, चखेवा–टेम्केडाँडा, ऐतिहासिक टक्सार क्षेत्र, अन्नपूर्ण डाँडा, तिवारीभञ्ज्याङ, दाँवा सिद्धेश्वर बजार, बोखिम, भोजपुर सदरमुकाम आसपासका ठाउँहरु लगायत काठमाडौँका केहि ठाउँहरुका दृश्यलाई विशेष प्राथमिकताका साथ चलचित्रमा समावेश गरिएको बताए ।

असारभित्र ती स्थानहरुमा छायाँकन सकी साउन पहिलो हप्ता चलचित्रको ईडिटिङपछि प्रोडक्सनको काम सकेर भदाै १५ गते चलचित्र प्रदर्शन गरिने जनाईएको छ । निर्देशक प्रधानका अनुसार असोजबाट प्रदेश नं १ का सबै जिल्लालाई समेटेर चलचित्रको प्रदर्शन गरिने तयारी रहेकोे बताए । पटकथामा आधारित ‘विदेशीकी स्वास्नी २’ मा चर्चित गायिका मेलिना राई र पावल चाम्लिङ राईको स्वरमा सजिएको दुईवटा गितहरु समावेश गरिनेछन् । जसमध्ये ‘तल तल फुल्यो बेसीमा टोटोला’ बोलको म्यूजिक भिडियोमा मोडल नायिका एलिसा राईकोे नृत्य समेत रहको जनाईएको छ ।


केदार राईको छायाँकंनमा बन्ने ‘विदेशीकी स्वास्नी—२’ मा रिलिजको क्रममा रहेको नेपाली फिल्म ‘को होला त्यो—३’ का नायिका क्रिस्टिना थापासंगै स्थानिय कलाकार विनोद प्रधान, सुरज खड्का, देवराज प्रधान, सनम लिम्बु, करण श्रेष्ठ, लिम्बु, शिव श्रेष्ठ, अस्मिता राई, शुसिला तामाङ, विरोध बस्नेत, गणेश प्रधान, विनोद घिमिरे, पुजना राई लगायतको प्रमुख भुमिका रहने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार