न्यूयोर्कमा आयो ‘चराको गीत’

न्यूयोर्क । नेपाल सरकारका वाणिज्यदूत एवं साहित्यकार कृसु क्षेत्रीको कृति ‘चराको गीत’ लोकार्पण भएको छ । न्यूयोर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा उक्त कविता संग्रहको लोकर्पण भएको हो ।

‘चराको गीत’ को लोकार्पण राजदूत डा। अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपाल अनलाईनको आयोजनमा भएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

समकालिन नेपाली साहित्यका प्रतिनिधी स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए ।

साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्री न्यू योर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार